छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु
सप्तरीको छुट्टाछुट्टै ठाउँमा भएका घटनामा परी दुईजनाको मृत्यु भएको छ । जिल्लाको खडक नगरपालिका–६ वीरपुरमा आज ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको स १ त ६२५६ नंको ट्र्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको बा ९३ प ३५९ नंको मोटरसाइकललाई ठक्कर दिएपछि ट्रयाक्टर सडकबाट पाँच मिटर तल खसेर पल्टिएको थियो ।
सोही ट्रयाक्टरमा सवार सिरहाको नरहा गाउँपालिका–३ पाँडा टोलका रामदेव यादवकी ६५ वर्षीया पत्नी काशी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना घाइते उनीलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याइए पनि उपचारकै क्रममा उनको आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
दुर्घटनामा ट्र्याक्टरमा सवार सोही ठाउँका उपेन्द्र यादवकी पत्नी ६५ वर्षीया प्रमिला यादव, २३ वर्षीया छोरा श्याम यादव, गोलबजार नगरपालिका–३ चौहर्वाका नागेन्द्र यादवको १० वर्षीय पप्पु यादव घाइते भएका छन् ।
यस्तै वडा नं ४ का वकिलदेव यादवकी ३२ वर्षीया पत्नी सङ्गीया यादव, देवेन्द्र यादवकी ४३ वर्षीय पत्नी सुशीला यादव र प्रदीप यादवकी ४ वर्षीया छोरी सिद्धान्त यादव घाइते भएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए ।
यसैगरी, मोटरसाइकलमा सवार झापाको हल्दिबारी गाउँपालिका–५ कञ्चनश्रीका ४९ वर्षीय नरेन्द्र पराजुलीसमेत घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि रायुपुरस्थित यूनिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।
त्यस्तै पूर्व–पश्चिम राजमार्गकै सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा बिग्रिएर रोकिराखेको बसमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कविलासका अन्दाजी २८ वर्षीय भूपेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । ना ५ ख ८०१० नंको यात्रुवाहक बस बिग्रिएर रोकिराखेका अवस्थामा प्रदेश २–०१–००१प२९७१ नंको मोटरसाइकल ठोकिएर दुर्घटना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा
-
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा
-
विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपाले खाता खोल्यो