माओवादीको सदस्य संख्या सात लाख ३५ हजार पुग्यो
शुक्रबार, ०३ मङ्सिर २०७८, १२ : २५
शुक्रबारसम्म सात लाख ३५ हजार जनाले माओवादी केन्द्रको संगठित सदस्यता लिएका छन् । पेरिसडाँडास्थित माओवादी मुख्यालयमा शुक्रबार मध्यान्हसम्म सात लाख ३५ हजारले सदस्यता फारम भरेको कार्यालयका सचिव शिव खकुरेलले जानकारी दिए ।
‘अहिलेसम्म सात लाख ३५ हजारले सदस्यता लिएका छन्, गैरभौगोलिकबाट आउने संख्या एकीन गर्न बाँकी छ’, उनले भने । खकुरेलका अनुसार सदस्यता लिने म्याद शनिबारसम्म बाँकी रहेकाले संख्या थपिने अनुमान केन्द्रिय कार्यालयले लिएको छ ।
गत ६, ११, १२ र १३ असोजमा बसेको स्थायी कमिटीका निर्णय कार्यान्वयनका लागि जारी परिपत्रमा माओवादीले संगठन सुद्धृढीकरणको अभियानमा करिब ३० लाख ९४ हजार १६८ संगठित सदस्य र समर्थकलाई संगठित गर्ने लक्ष्य राखेको उल्लेख गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
-
भाइरल भिडियोपछि रास्वपा सांसद बब्लु गुप्ताद्वारा क्षमायाचना
-
रास्वपाका सांसद पौडेलमाथि मसी प्रहार
-
‘मन्त्रीहरू फेरेरमात्र समस्या समाधान नहुन सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण