बाबा रामदेवले भने– मलाई नेपालीले धेरै माया गर्छन्

नेपाल आएका भारतीय बाबा रामदेवले आफूलाई नेपालीले धेरै माया गर्ने गरेको बताएका छन् । पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा शुक्रबार पतञ्जलि नेपाल टिभि तथा आस्था नेपाल टिभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमा उनले आफूलाई नेपालीले धेरै माया गर्ने गरेको बताएका हुन् ।
‘भारतभन्दा बढी नेपालीले मलाई धेरै माया गर्छन्’, उनले भने, ‘३० वर्षअघि मलाई कोही चिन्दैन थे । तर, त्यतिखेर पनि नेपालसँग परिचित थिएँ । अहिले सारा नेपालीले चिन्दछन् ।’ भौगोलिक रूपमा फरक स्थानको भए पनि संस्कृति र धर्मको पूर्वज एउटै रहेको भन्दै उनले भने, ‘हाम्रो पूर्वज संस्कृति धर्मले हामी एकै हो । म राजनीतिक दृष्टिले भारतको नागरिक हुँ । सांस्कृतिक रूपले म विश्वकै नागरिक हुँ ।’
नेपाललाई अर्गानिक सामाजिक सांस्कृतिक रूपमा विकास हेर्न चाहेको बताएका उनले यसमा पतञ्जलिको पनि भूमिका रहेको बताए । साे कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष राजनीतिज्ञहरू सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईं र रवीन्द्र मिश्र सहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति
-
पहलगाममा आतङ्कवादी हमला : राप्रपाद्धारा दुःख व्यक्त
-
विद्युत् व्यवस्थापन गर्न नसकेको प्राधिकरणको स्वीकार, नदीमा छिट्टै बहाव बढ्ने आस
-
पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हाे : अर्थमन्त्री
-
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव : निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्न लाग्नुस्
-
कसले गर्यो केपी ओलीविनाको ‘एमाले’ कल्पना ?