प्रचण्डले भने– बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति रहेका बताएका छन् । काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टिभी तथा आस्था नेपाल टिभी र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले रामदेव वैज्ञानिक र क्रान्तिकारी रहेका हुन् ।
‘सुरू सुरूमा रामदेव अलि बढी रूढीवादी, परम्परावादी हुनुहुन्छ जस्तो लाग्थ्यो । तर, उहाँ वैज्ञानिक र क्रान्तिकारी रहेछन्’, प्रचण्डले भने ।
रामदेवले आरोग्यबाट निरोगिता र योगमुलक उद्योग अगाडि बढाएको भन्दै उनले नेपालको सामाजिक सांस्कृतिक विकासमा पतञ्जलिको भूमिका रहेको बताए ।
बिहीबार काठमाडौं आएका बाबा रामदेवले बिहीबार नै खुमलटार पुगेर प्रचण्डलाई भेटेका थिए ।
पतञ्जलीको कार्यक्रममा प्रचण्डको सम्बोधन जस्ताको तस्तै
जहिलेदेखि मेरो बाबा रामदेवसँग सामिप्यता भयो, नजिक भयौ र छलफल गर्न थाल्यौ । कताकता पहिला त लाग्थ्यो–उहाँ अलि बढी रुढीवादी हुनुहुन्छ होला । अलि बढी परम्परावादी हुनुहुन्छ होला । तर छलफल र संगत गर्दै जाँदा उहाँ त वैज्ञानिक हुनुहुदोरहेछ, क्रान्तिकारी हुनुहुदोरहेछ । त्यसकारण मेरो उहाँसँग निकटता पनि त्यसरी नै बढेर गयो । म उहाँप्रति पुन विशेष आभार प्रकट गर्न चाहान्छु ।
उहाँले योगलाई नयाँ क्रान्तिको मार्ग प्रदर्शन गर्नुभयो र योगको माध्यमबाट आरोग्यतिर । निरोगितातिर पुरै समाजलाई लैजाने अभियानको नेतृत्व गर्नुभयो । आरोग्यबाट महान उद्योग सञ्चालन र उत्पादन बृद्धिको महान अभियान पनि सञ्चालन गर्नुभयो ।
यो त्यसकारण ‘थ्री इन वान’ । बाबा रामदेव र आचार्य वालकृष्ण ‘थ्री इन वान’ हुनुभयो । हिजो बेलुका हामीले थोरै कुरा गर्यौ । नेपालमा शिक्षा, स्वास्थ्य रोजगारी र कृषिको क्षेत्रमा क्रान्ति ल्याउनका लागि कसरी अघि बढ्न सकिन्छ भन्नेबारेमा आचार्य बालकृष्णजीले विस्तारपूर्वक भन्नुभएको र एउटा कार्यक्रम आयोजना गर्ने कुरा भएको छ ।
म उहाँहरुप्रति आभार प्रकट गर्न चाहान्छु, नेपालको समग्र आर्थिक, सामाजिक, राजनीतिक , सांस्कृतिक विकासमा उहाँहरुको योगदान धेरै महत्वपूर्ण छ । हामी सबैलाई थाहा भएको कुरा हो नेपाल हिमालको काखमा छ र यहाँ यस्ता अमूल्य जडिबुटीको भण्डार हो ।
म हरिद्वार गएँ, त्यहाँ बाबाजीका सबै कार्यक्रम हेरेँ । त्यसक्रममा मेरो हात समातेर उहाँले एउटा ठुलो स्टोरमा रहेको हलमा लैजानुभयो । त्यहाँ जडिबुटीको खानी जस्तै थियो । यो सब नेपालबाट आएको हो भनेर उहाँले मलाई भन्नुभयो । अनि अब नेपालमै यस्तै उद्योग खोल्नुपर्छ पनि भन्नुभयो । यो प्रेरणा पनि म महत्वपूर्ण ठान्छु ।
हामीकहाँ अहिले अस्ता अमूल्य जडिबुटीहरू छन्, तिनको प्रशोधन गर्ने र त्यसबाट आरोग्यताको नयाँ अभियान सञ्चालन गर्ने एउटा आवश्यकता छ । अहिले मैले धेरै भन्ने भन्दा पनि आज पतञ्जली योगपिठको तर्फबाट एउटा भवन उद्घाटन भयो, समृद्धि कार्डको उद्घाटन भयो, दुईवटा टीभी च्यानलको उद्घाटन भयो, आफैंमा यी दुरगामी महत्वका काम सम्पन्न भएको छ ।
यसले नेपाली समाज र हामी राजनीतिक पार्टीहरूलाई पनि नयाँ प्रेरणा र उर्जा प्राप्त भएको छ, यसका लागि फेरि बाबा रामदेव र आचार्य बालकृष्णजी लगायतका पदाधिकारीप्रति आभार प्रकट गर्दै सफलताको कामना व्यक्त गर्दछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण