सहकारी बैंकले पनि जारी गर्यो नयाँ ब्याजदर, निक्षेपमा अधिकतम १०.५० प्रतिशत दिने
वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका बेला यता सहकारी बैंकले पनि ब्याजदर परिवर्तन गरेको छ । मंसिर ३ गतेदेखि लागू हुनेगरी बैंकले निक्षेप र कर्जाको नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
सार्वजनिक नयाँ ब्याजदर अनुसार सहकारी बैंकले अब निक्षेपमा अधिकतम १०.५० प्रतिशत ब्याजदर दिने भएको छ । उता वाणिज्य बैंकहरुले यसअघि नै निक्षेपमा १०.०५ प्रतिशत ब्याजदर घोषणा गरिसकेका छन् । यस्तै अन्य साधारण निक्षेपमा सहकारी बैंकले ३.७५ देखि ७ प्रतिशतसम्म ब्याजदर प्रदान गर्ने भएको छ ।
यता कर्जातर्फ भने शीर्षक हेरी ८ प्रतिशतदेखि अधिकतम १०.९९ प्रतिशतसम्म लिने बैंकले जनाएको छ । ३ महिनादेखि ५ वर्षे कृषि कर्जामा ८ देखि १० प्रतिशत ब्याजदर लिने जनाएको बैंकले सहकारी व्यवस्थापन कर्जामा अधिकतम १०.९९ प्रतिशत ब्याजदर दिने जनाएको छ ।
यस्तै अन्य हायर पर्चेज (गाडी), घरजग्गा लगायतको कर्जामा भने लगानी अनुसार ब्याजदर निर्धारण हुने बैंकले जनाएको छ । हाल सहकारी क्षेत्रमा एउटामात्र सहकारी बैंक सञ्चालनमा रहेको छ भने अर्को एक सञ्चालनकै प्रक्रियामा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)