मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

करोडौंमा छ कट्रिना कैफ–विक्की कौशलको कूल कमाई, चकित पर्नुहुनेछ

शुक्रबार, ०३ मङ्सिर २०७८, ११ : ३२
शुक्रबार, ०३ मङ्सिर २०७८

कट्रिना कैफ र विक्की कौशलको विवाहबारे अडकलबाजीले बलिउडको बजार तातिएको छ । बलिउडका यी दुबै कलाकार आफ्नो नीजि र व्यावसायिक जीवन दुबैमा अघि बढिरहेका छन् ।  कुनैबेला ५० हजार तलब पाउने यी दुबै कलाकार आज करोडौंको कमाई गरिरहेका छन् । यदि यी दुईको विवाह भएको खण्डमा उनीहरुको कूल सम्पत्तिले धेरैलाई चकित पार्न सक्छ । आउनुहोस्, यसबारे जानकारी लिऔं ।

कट्रिना कैफ बलिउडको ‘ए लिस्ट’ नायिकामा गनिन्छिन् । भारतीय सञ्चार माध्यमको रिपोर्ट अनुसार कट्रिनाले आफ्नो एउटा फिल्मको ११ करोड भारु पारिश्रमिक लिने गर्छिन् ।

फिल्मबाहेक कट्रिनाले विज्ञापनमार्फत् पनि राम्रो कमाई गर्छिन् । उनी स्लाइस, नक्षत्र, लक्स, प्यानासोनिक, ल्याकमे र लरियलजस्ता ठूला ब्रान्डकी सेलिब्रिटी प्रवक्ता पनि हुन् । उनी नाइकाकी पनि राम्रै लगानीकर्ता हुन् । यो फेसन अनलाइन वेबसाइट भारतमा निकै चर्चित छ ।

 सन् २०१२ मा इकोनोमिक टाइम्सले उनलाई सन् २०१२ की ‘सेकेन्ड मोस्ट प्रोमिनेन्ट एन्डोर्सर’ बताएको थियो । सन् २०१४ मा हिन्दुस्तान टाइम्सको एक रिपोर्ट अनुसार कट्रिनाले एउटा ब्रान्ड एन्डोर्समेन्टका लागि ५ देखि ६ करोडसम्म पाउने गर्छिन् । त्यसपछि उनी एक ‘हाइएस्ट पेड सेलिब्रिटी एन्डोर्सर’ बनेकी छिन् ।

कट्रिना आफ्नै ब्यूटी ब्रान्ड के छ । उनका यी प्रोडक्ट नाइकामा पनि छ । नायिकाको यी सबै आम्दानीको हिसाब किताब गर्ने हो भने वर्षमा उनको कूल कमाई २२४ करोड भारु हुन्छ ।

अर्कोतर्फ विक्की कौशल पनि आफ्नो करियरमा उत्कृष्ट तरिकाले अघि बढिरहेका छन् । हेर्ने हो भने उनी इन्डष्ट्रिमा कट्रिनाको तुलनामा नयाँ छन् । तर उनको कमाईको चर्चामा पनि राम्रै छ । उनी एउटा फिल्मको ३ देखि ४ करोड भारु लिने गर्छन् ।

विक्की थुप्रै ब्रान्डसँग पनि सम्बन्धित छन् । फिल्म र ब्रान्डको विज्ञापन गरेर विक्कीले वार्षिक कुल कमाई २५ करोड भारु हुन्छ ।

यहाँ किट्रनाले विक्कीले भन्दा धेरै कमाई गरेको देखिएपछि विक्कीले जति तीब्र गतिमा आफ्नो इनकम ग्राफ बढाएका छन्, त्यो हेरेर उनले पनि छिट्टै प्रगति गर्लान् भन्ने कुरामा दुईमत छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप