शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सबै न्यायाधीश इजलासमा बस्ने तयारीमा

शुक्रबार, ०३ मङ्सिर २०७८, ११ : २६
शुक्रबार, ०३ मङ्सिर २०७८

लामो समयदेखि असन्तुष्ट रहेका सर्वोच्च अदालतका न्यायाधीशहरु शुक्रबार इजलासमा बस्ने भएका छन् । बिहीबार सर्वोच्चको पूर्ण वैठकबाट नियमावली संशोधनको प्रस्ताव पारित भएपछि उनीहरु इजलासमा बस्न लागेका हुन् । 

न्यायाधीशहरुको माग अनुसार शुक्रबारका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले निवेदन, तामेली र बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्रै पेसीमा राखेपछि न्यायाधीशहरु इजलासमा बस्न राजी भएका हुन् ।  शुक्रबारका लागि प्रधानन्यायाधीश जबराले २२२ वटा रिट निवेदन पेसीमा राखेका छन् ।

जसका लागि ९ वटा संयुक्त इजलास र एउटा एकल इजलासमा पेसी तोकिएको छ । शुक्रबारका लागि न्यायाधीशद्वय दीपककुमार कार्की र प्रकाश मान सिंह राउत, मीरा खड्क र सुष्मालता माथेमा, हरिकृष्ण कार्की र हरिप्रसाद फुयाल, विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तान, आनन्दमोहन भट्टराई र कुमार रेग्मी, अनिलकुमार सिन्हा र सपना प्रधान मल्ल तथा तेज बहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलास गठन गरिएको छ ।

न्यायाधीश नहकुल सुवेदीका लागि भने एकल इजलास तोकिएको छ । यी सबै पेसीमा तामेलीका लागि दिइएको निवेदन,बन्दी प्रत्यक्षीकरण वा थुनुवासम्बन्धी मुद्दा रहेका छन् । शुक्रबार प्रधानन्यायाधीश जबराले आफूलाई भने इजलासमा राखेका छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप