५८० वर्षको सबैभन्दा लामो आंशिक चन्द्र ग्रहण आज, नेपालबाट देखिन्छ ?
यसपटकको चन्द्र ग्रहणले एक विशेष संयोग ल्याएको छ । नासाको वेबसाइट अनुसार यो आंशिक चन्द्रग्रहण ३ घण्टा २८ मिनेटको हुनेछ । जुन ५८० वर्षमा सबैभन्दा लामो आंशिक चन्द्र ग्रहण हो । नेपाली समय अनुसार यो ग्रहण दिउँसो हुनेछ, त्यसै कारण यो नेपालमा देखिने छैन । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार नेपाली आकाशबाट ग्रहण नदेखिने हुनाले ग्रहण बार्नु पर्दैन । नेपाली समयानुसार दिउँसो १:०३ बजेदेखि लाग्ने चन्द्रग्रहण अपराह्न ४:३२ बजेसम्म देखिने जनाइएको छ ।
भारतका ज्योतिषाचार्य पण्डित मनिश शर्माका अनुसार जहाँबाट चन्द्रग्रहण देखिँदैन त्यहाँ सुतक पनि रहनेछैन, यो ग्रहको धार्मिक मान्यता पनि हुनेछैन । उनका अनुसार जहाँ जहाँ चन्द्र ग्रहण देखिनेछ, ती क्षेत्रमा मात्रै सुतकजस्ता धार्मिक मान्यता हुनेछ ।
Ready for the #LunarEclipse? The Moon will slip into Earth's shadow for a couple of hours overnight. For U.S. East Coast observers, the partial eclipse begins a little after 2 a.m., reaching its maximum at 4 a.m. More details: https://t.co/SGgirT6Cxu pic.twitter.com/TVmS9LbZ9T
— NASA Solar System (@NASASolarSystem) November 18, 2021
पण्डित शर्माका अनुसार सन् २०२१ अघि यति लामो आंशिक चन्द्र ग्रहण २७ फेब्रुअरी १४४० मा पुर्णिमामा भएको थियो । १९ नोभेम्बर अर्थात् आजको चन्द्र ग्रहण पश्चिमी अफ्रिका, पश्चिमी युरोप, उत्तरी र दक्षिणी अमेरिका, एशिया, अष्ट्रेलिया र अटलान्टिक महासागरमा देखिनेछ । ग्रहणको मोक्ष चन्द्रोदयको समय अष्ट्रेलिया, इन्डोनेशिया, थाइल्याण्ड, भारतको पूर्वोत्तर भाग, चीन् र रुसमा देखिनेछ ।
के हो चन्द्र ग्रहण ?
जब पृथ्वी परिक्रमा गर्ने बेला सूर्य र चन्द्रको बीचमा आउँछ तब यी तीनै ग्रह एउटा सिधा लाइनमा आउँछ, त्यतिबेला चन्द्र ग्रहण हुन्छ । यस्तो स्थितिमा सूर्यको प्रकाश चन्द्रमासम्म पुग्न पाउँदैन र चन्द्रमा देखिँदैन । जब पृश्वी र सूर्यको बीचमा चन्द्रमा आउँछ भने तब सूर्य ग्रहण लाग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी