आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

शुक्रबार, ०३ मङ्सिर २०७८, १० : १९
शुक्रबार, ०३ मङ्सिर २०७८

ट्र्याक्टर दुर्घटना हुँदा यहाँ दुईको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति विदेह नगरपालिका–७ बेलापट्टी सडकखण्डमा नम्बर नपरेको (अनटेष्ट) ट्र्याक्टर पल्टिएको हो । सो दुर्घटनामा परी भारतको विहार राज्य सितामढीका ६० वर्षीय रामदयाल राय यादव र ४५ वर्षीया अम्बिका देवीको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार भारतबाट कमलाको मेला हेर्न आइरहेको ट्र्याक्टर अभरटेक गर्ने क्रममा दुर्घटनामा परेको हो । उनीहरू धनुषा र सिरहाको सीमामा पर्ने कमलाखोलाको भूत मेला हेर्न तथा स्नानका लागि आउँदै थिए । घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनीहरु सबै भारतीय छन् । उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप