शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रारा तालबाट राजदूत बेरीको डायरी

शुक्रबार, ०३ मङ्सिर २०७८, ०९ : ५१
शुक्रबार, ०३ मङ्सिर २०७८

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी र अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्क रारा भ्रमणमा आएका छन् । बेलायती राजदूत निकोला पोलिट सोमबार रारा आउँदैछन् । कोरोना महामारीपछि रारामा विदेशीको यो पहिलो भ्रमण हो । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी, अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्क र बेलायती राजदूत निकोला पोलिट मुगुस्थित राता ताल पुगेका छन् । आइतबार काठमाडौंदेखि नेपालगञ्ज हुँदै तारा एयरमा दुबै मुलुकका राजदूत रारा भ्रमणमा गएका हुन् । भने, बेलायती राजदूत निकोला पोलिट भने सोमबार रारा गएकी हुन् । 

यसैक्रममा अमेरिकी राजदूत रेण्डी बेरीले रारा भ्रमणमा जानुको मुख्य उद्देश्य जलवायु परिवर्तनको प्रभाव र त्यसको असरबारे जानकारी लिनु भएको बताएका छन् । अमेरिकी दूतावासले सामाजिक सञ्जालमा ‘रारा तालबाट राजदूत बेरीको डायरी’ शिर्षकमा बेरीको रारा यात्राको बारेमा उल्लेख गरेको छ । जसमा लेखिएको छ, ‘तपाईंहरूकै केही जिज्ञासाहरू लिन्छु। म किन यो यात्रामा निस्केँ ? रारा ताल नै किन ? किनभने जलवायु परिवर्तन विनाशकारी छ। यसले सबै समुदाय र पृथ्वीका सबै कुनालाई असर गर्छ। यो हाम्रो वर्तमान र हाम्रो भविष्य हो। यो खतराको घण्टी हो।’
 
उनले अगाडि लेखेका छन्, ‘रारा ताल नेपालको सबैभन्दा ठूलो र हिमाली क्षेत्रमा अवस्थित ताल हो। यो झन्डै झन्डै लोप हुन लागेका विभिन्न स्थानीय प्रजातिहरूको बासस्थान पनि हो। जलवायु संकटको यो घडीमा विभिन्न भागका नेपालीहरूले आगलागी, बाढीपहिरो, लगायत भीषण ऋतु परिवर्तनका कारणले बालीनालीमा पर्ने गम्भीर असर लगायत विभिन्न कारण जीविकामा विभिन्न अप्ठ्याराको सामना गर्नुपरेको छ। अग्ला भेगमा हुने विभिन्नखाले यस्ता संकटको प्रभाव तल्ला क्षेत्रहरूसम्म पनि पर्ने गर्दछ। त्यसैले म किन यो यात्रा गर्दैछु त ? स्पष्ट छ, म तपाईंहरू सबैलाई यी सवै विषयकाबारे अवगत होस् भन्ने चाहन्छु।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप