शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

सुर्खेतमा काँग्रेस पालिका अधिवेशन : महामन्त्री खड्काको वर्चश्व, थानी समूह एकमा सीमित

शुक्रबार, ०३ मङ्सिर २०७८, ०९ : २८
शुक्रबार, ०३ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत सुर्खेतका पालिकाहरुमा पदाधिकारी चयन भएका छन् । ९ वटा स्थानीय तह रहेको सुर्खेतका ८ वटा पालिकामा संस्थापन पक्ष निर्वाचित भएको छ । संस्थापन इत्तर  पक्षले एउटा पालिकामा मात्र विजयी भएको छ । 

सुर्खेतमा संस्थापन पक्षका नेता काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का र इत्तर पक्षका नेता हृदयराम थानीबीच  प्रतिस्पर्धा हुने गरेको छ । तर पालिकाको पदाधिकारी छनोटमा महामन्त्री खड्का हाबी भएका छन् । यसपटक थानी पक्ष निकै कमजोर देखिएको छ । 

केन्द्रमा महामन्त्री खड्का सभापति शेरबहादुर देउवा र थानी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा रहेका छन् । थानी पक्षले चौकुने गाउँपालिकामा मात्र विजयी प्राप्त गरेको छ ।

पालिकामा विजयी भएकाहरु

गुर्भाकोट नगरपालिका : हस्त पुन (देउवा पक्ष)

लेकबेशी नगरपालिका : उमेश पौडेल (देउवा पक्ष)

भेरीगंगा नगरपालिका : राम वहादुर सिंह (देउवा पक्ष)

वीरेन्द्रनगर नगरपालिका : उपेन्द्र खड्का (देउवा पक्ष)

पञ्चपुरी नगरपालिका : कृपाराम थापा (देउवा पक्ष)

सिम्ता गाउँपालिका :  वीरेन्द्र रावत (देउवा पक्ष)

 चिङ्गाड गाउँपालिका : डोरप्रसाद शर्मा(देउवा पक्ष)

 बराहताल गाउँपालिका : भीम भण्डारी  (देउवा पक्ष)

चौकुने गाउँपालिका : नरबहादुर वान्तोला (पौडेल पक्ष)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप