शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपाले फेरि सार्‍यो महाधिवेशन

शुक्रबार, ०३ मङ्सिर २०७८, ०७ : ३८
शुक्रबार, ०३ मङ्सिर २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनको मिति फेरि सारेको छ। पार्टीका अध्यक्षत्रय पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी र कमल थापाबीच भएको बैठकले महाधिवेशन सारेको हो । राप्रपा केन्द्रीय सचिवालय प्रमुखद्वय भास्कर भद्रा र ध्रुव बहादुर प्रधानले विज्ञप्ति जारी गर्दै  बिहीबार महाधिवेशनको नयाँ मिति सार्वजनिक गरेका हुन् ।

राप्रपाले मंसिर ११ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने भनिए पनि मंसिर १५, १६ र १७ गते महाधिवेशन हुने भएको छ ।

यस्तै राप्रपाले विहीबार नै महाधिवेशन प्रतिनिधि चयनको मिति पनि हेरफेर गरेको छ । मंसिर ३ देखि ५ भित्र महाधिवेशन प्रतिनिधि चयन गर्ने कार्यतालिका थियो । त्यसलाई हेरफेर गरी मंसिर ६, ७ र ८ गते महाधिवेशन प्रतिनिधि चयन गर्ने राप्रपाको तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप