आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

टाटा मोटर्सले एक्सचेन्ज क्याम्प आयोजना गर्ने

बिहीबार, ०२ मङ्सिर २०७८, २१ : ४६
बिहीबार, ०२ मङ्सिर २०७८

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प कार्यक्रम आयोजना गर्ने भएको छ । मंसिर ३ देखि ७ गतेसम्म नेपालभरी रहेका टाटा मोटर्सको सोरुमहरूमा क्याम्प आयोजना गर्न लागेको हो । 

ग्राहकहरूले टाटा मोटर्सको सो रुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अल्ट्रोज, एचफाइभ, नेक्सन, नेक्सन इभी, टियागो र टिगोर लगायतका गाडीहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने सिप्रदी ट्रेडिङले जानकारी दिएको छ । 

सिप्रदीका अनुसार एक्सचेन्ज क्याम्प कार्यक्रममा जुनसुकै ब्राण्डका गाडीसँग टाटाका गाडी साट्दा आकर्षक मूल्याङ्कन र  आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सकिनेछ । फाइनान्सको सुविधा, गाडीको एक्सेसरिज, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मूल्याङ्कन र टेष्ट ड्राइभमा आकर्षक गिफ्ट ह्याम्पर लगायतका विशेष आकर्षणहरू पनि रहेको आयोजक सिप्रदीले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप