आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय

ग्रामीण उद्योग र आर्थिक विकास गर्न ८० मिलियन डलर लगानी

बिहीबार, ०२ मङ्सिर २०७८, २१ : ३७
बिहीबार, ०२ मङ्सिर २०७८

नेपाल सरकारले विश्व बैंकसँगको सहकार्यमा ग्रामीण उद्योग र आर्थिक विकासको कार्यक्रम अगाडी सारेको छ । विश्व बैंकसँगको सहकार्यमा सरकारले ग्रामीण अर्थतन्त्र विकास गर्न ८० मिलियन डलरको आयोजना सुरु गरेको हो ।
आज कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्राराय यादव र विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंका कन्ट्री निर्देशक फरिस हदाद जेरभसले संयुक्तरुपमा आयोजनाको शुभारम्भको घोषणा गरे । यो आयोजनाले नेपालका ग्रामीण कृषिलाई उकास्ने र ग्रामीण बजार विकासलाई सहयोग पुग्ने अपेक्षा राखिएको छ ।

कोरोना महामारीले बेरोजगार बनेकालाई यो आयोजनाले कृषिको विकासमार्फत रोजगारी दिने र ग्रामिण आर्थिक विकास हुने समेत बताइएको छ । मन्त्री यादवले कोरोना महामारीले धर्मराएको ग्रामीण बजार र कृषि उत्पादनलाई यो आयोजनाले उकास्ने र रोजगारी सृजना गर्ने बताए । उनले भने, ‘यो आयोजनाले साना तथा मझौला किसानको कृषिजन्य उत्पादन र रोजगारी सृजना हुन्छ ।’

यो आयोजना प्रदेश १ र २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सञ्चालन हुनेछ । यसले सरकारले लिएको कृषि रणनीति २०१५–२०३५ लाई समेत सहयोग पुग्ने विश्व बैंकले बताएको छ । 

विश्व बैंकका कन्ट्री डाइरेक्टर जेरभसले आयोजनाले ग्रामीण क्षेत्रमा कृषिले रोजगारीका अवसर सृजना गर्ने बताउँदै भने, ‘विशेषगरी यो आयोजनाले कफीखेती, चिया खेती र फलफुल तथा जडिबुटी खेतीमा प्रोत्साहन पुग्ने अपेक्षा राखिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप