शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

प्रचण्ड भेट्न खुमलटार पुगे बाबा रामदेव

बिहीबार, ०२ मङ्सिर २०७८, २१ : २४
बिहीबार, ०२ मङ्सिर २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भारतीय योगगुरु रामदेवले भेटवार्ता गरेका छन् । खुमलटारस्थित प्रचण्ड निवासमा रामदेव र प्रचण्डबीच भेटवार्ता भएको हो । भेटका क्रममा प्रचण्ड र रामदेवबीच योगका विषयमा केन्द्रीत रहेर छलफल भएको बताइएको छ ।

यस्तै सो क्रममा बिरामी अवस्थामा रहेकी प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे समेत रामदेवले जानकारी लिएका थिए भने उनले सीताको स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।  भेटका क्रममा नेपाली मुलका आचार्य बालकृष्ण पनि सहभागि थिए । 

रामदेव नेपालमा पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभी उद्घाटनका लागि नेपाल आएका हुन् ।  हरेक नेपालीलाई योगसहित आयुर्वेद शिक्षाको ज्ञान सञ्चार गर्दै नेपालको सामाजिक सांस्कृतिक, आध्यात्मिक, धार्मिक सहिष्णुतालाई दिगो र प्रगाढ बनाउन टिभी सञ्चालन गर्न लागेको पतञ्जली योगपीठ नेपालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप