सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले महाधिवेशनमा ७ करोड ५० लाख खर्चको प्रक्षेपण

बिहीबार, ०२ मङ्सिर २०७८, २० : ३८
बिहीबार, ०२ मङ्सिर २०७८

नेकपा एमालेको १०औँ महाधिवेशनमा ७ करोड ५० लाख खर्च हुने प्रक्षेपण गर्दै तयारी सुरु गरिएको छ । महाधिवेशन आर्थिक कमिटीका संयोजक विष्णु रिमालका अनुसार नवौँ महाधिवेशन भन्दा १०औँ महाधिवेशनमा तीन करोड बढी खर्च हुने प्रक्षेपण गरिएको हो ।

महाधिवेशन केन्द्रित नवयुग बुलेटिनमार्फत आर्थिक संयोजक रिमालले सो प्रक्षेपणका बारेमा जानकारी दिएका हुन् । ‘नवौँ महाधिवेशनमा ४ करोड ५० लाख खर्च भएको थियो । १०औँ महाधिवेशनमा ७ करोड ५० लाख खर्च हुने अनुमान गरेका छौँ,’ उनले भने । उनका अनुसार आठौँ महाधिवेशन भने २ करोड २५ लाखमा सम्पन्न गरेको थियो । 

६ हजार ४ सय ३५ प्रतिनिधि उपस्थित भएको विधान महाधिवेशनमा करिब ५ करोड खर्च गरेको एमालेले विधान महाधिवेशन र १०औँ महाधिवेशन गरी यसै वर्ष १२ करोड ५० खर्च गर्ने भएको छ । तर, चितवन महाधिवेशनमा होटलका ३५ सय कोठा बुक गरेको तथा नयाँ मञ्च बनाउनु पर्ने लगायतका कारण विधान महाधिवेशन भन्दा नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन खर्चिलो हुन पुगेको रिमालको भनाई छ । 

हालै नवीकरण भएका ८ लाख ५५ हजार ४ सय ५३ सदस्यलाई १–१ सय रुपैयाँ सहयोग गर्न आह्वान गरेको जनाउँदै अधिकांश रकम सोही प्रक्रियाबाट सङ्कलन गर्ने योजना एमालेले बनाएको छ । त्यसका लागि बैंक खाता सार्वजनिक गर्दै ई–सेवा र फोन पेबाट रकम जम्मा गर्ने सुविधा एमालेले बनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप