एमाले महाधिवेशनमा ७ करोड ५० लाख खर्चको प्रक्षेपण
नेकपा एमालेको १०औँ महाधिवेशनमा ७ करोड ५० लाख खर्च हुने प्रक्षेपण गर्दै तयारी सुरु गरिएको छ । महाधिवेशन आर्थिक कमिटीका संयोजक विष्णु रिमालका अनुसार नवौँ महाधिवेशन भन्दा १०औँ महाधिवेशनमा तीन करोड बढी खर्च हुने प्रक्षेपण गरिएको हो ।
महाधिवेशन केन्द्रित नवयुग बुलेटिनमार्फत आर्थिक संयोजक रिमालले सो प्रक्षेपणका बारेमा जानकारी दिएका हुन् । ‘नवौँ महाधिवेशनमा ४ करोड ५० लाख खर्च भएको थियो । १०औँ महाधिवेशनमा ७ करोड ५० लाख खर्च हुने अनुमान गरेका छौँ,’ उनले भने । उनका अनुसार आठौँ महाधिवेशन भने २ करोड २५ लाखमा सम्पन्न गरेको थियो ।
६ हजार ४ सय ३५ प्रतिनिधि उपस्थित भएको विधान महाधिवेशनमा करिब ५ करोड खर्च गरेको एमालेले विधान महाधिवेशन र १०औँ महाधिवेशन गरी यसै वर्ष १२ करोड ५० खर्च गर्ने भएको छ । तर, चितवन महाधिवेशनमा होटलका ३५ सय कोठा बुक गरेको तथा नयाँ मञ्च बनाउनु पर्ने लगायतका कारण विधान महाधिवेशन भन्दा नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन खर्चिलो हुन पुगेको रिमालको भनाई छ ।
हालै नवीकरण भएका ८ लाख ५५ हजार ४ सय ५३ सदस्यलाई १–१ सय रुपैयाँ सहयोग गर्न आह्वान गरेको जनाउँदै अधिकांश रकम सोही प्रक्रियाबाट सङ्कलन गर्ने योजना एमालेले बनाएको छ । त्यसका लागि बैंक खाता सार्वजनिक गर्दै ई–सेवा र फोन पेबाट रकम जम्मा गर्ने सुविधा एमालेले बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण