एमाले महाधिवेशनः ६७ जिल्लाबाट १ हजार १८२ प्रतिनिधि टुंगो (कहाँबाट कति ?)
बिहीबार, ०२ मङ्सिर २०७८, २० : १९

नेकपा एमालेको १० मंसिरमा उद्घाटन हुने नेकपा एमालेको १०औं महाधिवेशनका लागि बिहीवार साँझसम्म १ हजार १८२ प्रतिनिधि अभिलेखीकरण भएका छन् । झण्डै १९ सय प्रतिनिधि सहभागी हुने महाधिवेशनमा ६५ जिल्लाबाट चयन भएर आएका प्रतिनिधि केन्द्रीय कार्यालयमा अभिलेखीकरण भएका हुन् ।
एमाले संगठन विभागकाअनुसार १० जिल्लाबाट महाधिवेशन प्रतिनिधिको नामावली आउन बाँकी रहेकाले अभिलेखीकरण हुन नसकेको हो । अभिलेखीकरण हुनेमा खुल्लातर्फबाट ७४० आएका छन् भने महिला ३०४ पुगेका छन् । बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका सबै जिल्लामा महाधिवेशन प्रतिनिधि छनोट भइसकेका छन् । प्रदेश १ को सुनसरी, पाँचथर र ताप्लेजुङ, प्रदेश २ को रौतहट, महोत्तरी, धनुषा, सिरहा, सप्तरी तथा सुदूरपश्चिमका कैलाली र बाँकीबाट प्रतिनिधि चयन हुन बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्रपाको बिरोध सभामा सहभागीहरू भन्छन्, राजा पक्का फर्किन्छन्
-
नेपाल वेद र बुद्ध दुवैको भूमि हो, मौलिक सभ्यतालाई पुनर्जागरण गर्न गुरुकुलतर्फ लाग्नुपर्छ : संस्कृति मन्त्री
-
सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघ समिक्षा बैठक गर्दै
-
एमालेलाई कसैले हल्लाउन सक्दैन, राजतन्त्र कुनै हालतमा फर्कँदैन : प्रधानमन्त्री
-
के आर्थिक मन्दीतर्फ बढिरहेको छ विश्व ?
-
आईपीएल क्रिकेट : मिचेल मार्श र निकोलस पुरनको अर्धशतकसँगै लखनउले कोलकातालाई दियो २३९ रनको लक्ष्य