बजेट पुनरावलोकन गर्दै प्रदेश १ सरकार

प्रदेश १ सरकारले चालु आर्थिक वर्षको बजेट पुनरावलोकनको तयारी गरेको छ । पूर्ववर्ती सरकारले ल्याएको बजेट पुनरावलोकन गर्दै प्राथमिकताका आधारमा नयाँ योजना समावेश गर्ने तयारीमा सरकार जुटेको हो । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले मंसिरभित्रै बजेट पुनरावलोकन गरी पुस महिनाबाट कार्यान्वयनमा लैजाने गरी काम अघि बढाइने बताए । आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिहीबार पत्रकार सम्मेलन गदै मन्त्री आङ्बोले अघिल्लो सरकारले ल्याएको बजेटमा अनुत्पादक क्षेत्रमा छुट्याइएको रकम कटौती गर्नुपर्ने अवस्था देखिएको बताए ।
एमाले नेतृत्वको तत्कालीन सरकारले बजेटमा समावेश गरेका तर परिमाण दिन नसक्ने कार्यक्रमलाई खारेज गर्दै राम्रा कार्यक्रमलाई निरन्तरता दिने गरी बजेट संशोधनको तयारी भइरहेको उनले बताए । पछिल्लो राजनीतिक घटनाक्रमका कारण प्रदेश सरकारका अधिकांश योजना तथा कार्यक्रम प्रभावित भएको भन्दै उनले चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार र पर्यटकीय क्षेत्र प्रवर्द्धन सम्बन्धी आयोजनालाई परिणाम दिने गरी कार्यान्वयनमा लैजाने जानकारी दिए ।
मन्त्री आङ्बोले प्रदेशको आर्थिक कार्यविधि ऐन २०७४ ले बजेट संशोधन गर्न मन्त्रालयलाई अधिकार दिएकाले सोही अनुसार बजेट संशोधनको तयारी भइरहेको बताए ।
शेरधन राई नेतृत्वको तत्कालीन सरकारले चालु आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । बजेटमा चालु खर्च १४ अर्ब १६ करोड १५ लाख र पूँजीगत खर्च १५ अर्ब ५ करोड ३५ लाख छुट्याइएको छ ।
मन्त्री आङ्बोले पहिलो चौमासिकमा कुल बजेटको १६.५ प्रतिशत बजेट खर्च भइसकेको बताए । उनले चालु आर्थिक वर्षमा ९० प्रतिशतको हाराहारीमा बजेट खर्च हुने अनुमान रहेको सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म
-
सिरियामा चार दिनदेखि डढेलो, नियन्त्रणमा चुनौती
-
एकीकृत समाजवादीको झापा अध्यक्षमा भट्टराई
-
बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा
-
गर्मी बढेसँगै सर्पको बिगबिगी