राप्रपाद्वारा महाधिवेशन सार्ने निर्णय
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महाधिवेशन सार्ने निर्णय गरेको छ । पार्टीकात्रय अध्यक्षहरु कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीको आज बसेको बैठकले आगामी मङ्सिर ११, १२ र १३ गते काठमाडौंमा गर्ने भनिएको महाधिवेशनको मिति सारेर मंसिर १५ देखि १७ गतेसम्म गर्ने निर्णय गरेको हो ।
राप्रपा केन्द्रिय निर्वाचन समितिको सिफारिस अनुसार सो निर्णय भएको केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिए । ‘पार्टीका त्रय अध्यक्षहरुको आज बसेको बैठकले आगामी मङ्सिर ११, १२ र १३ गते काठमाडौंमा गर्ने भनिएको महाधिवेशनको मिति परिवर्तन गरि आगामी मङ्सिर १५, १६ र १७ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको छ ।
राप्रपाले तल्लो तहका अधिवेशन सम्पन्न गर्ने कार्यमा केही ढिलाइ हुन पुगेपछि महाधिवेशन पनि सार्ने निर्णय गरेको बताइएको छ । राप्रपाले सक्रिय सदस्यबाट प्रदेशसभा निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि चयन गर्ने मिति पनि सारेको छ । मंसिर ३ देखि ५ मा महाधिवेशन प्रतिनिधि चयन गर्ने पूर्वनिर्धारित मिति परिवर्तन गर्दै मंसिर ६,७ र ८ गतेलाई तोकिएको हो । सो पार्टीको महाधिवेशनमा चार हजार पाँच सय भन्दा बढी प्रतिनिधिले भाग लिने राप्रपाले जनाएको छ ।
महाधिवेशनमा सहभागी हुन १५ जना प्रतिनिधि विदेशबाट समेत नेपाल आउने छन् । राप्रपा महाधिवेशन प्रचार विभागका संयोजक मोहन श्रेष्ठका उनका अनुसार अध्यक्षत्रयले मनोनित गर्ने र प्रदेशसभा निर्वाचन क्षेत्रबाट चुनिएर आउने प्रतिनिधिबाहेक अन्य महाधिवेशन प्रतिनिधिको भने टुंगो लागिसकेको छ ।
उनका अनुसार महाधिवेशनमा सहभागी हुनका लागि ७ सय ५३ स्थानीय तहका अध्यक्ष, प्रदेशसभा अध्यक्ष तीन सय ३०, संघीय निर्वाचन क्षेत्रका अध्यक्ष एक सय ६५, जिल्ला अध्यक्ष ७७ जना, प्रदेश अध्यक्ष सात जना स्वतः महाधिवेशन प्रतिनिधि हुने भएकाले अधिवेशनबाट टुंगो लागिसकेको छ ।
प्रत्येक प्रदेशस्तरबाट हुने निर्वाचनबाट ९-९ जना गरी २ हजार ९ सय ७० जना प्रतिनिधिका लागि ६ देखि ८ गतेसम्म निर्वाचन हुनेछ । उनका अनुसार खसआर्य ३, महिला ३, जनजाति १, दलित १ र अल्पसंख्यक समुदायबाट १ गरी प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट नौ जना प्रतिनिधि चयन हुँदैछन् । राप्रपाले पार्टी एकतापछि गर्न लागेको महाधिवेशन कहिले तयारी नपुगेको त कहिले कोरोनाका कारण देखाउँदै पटक पटक सार्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण