युवा खेलाडीको भरमा सबै क्लबले ए डिभिजन लिग खेल्दै
नेपाली खेलकुदको मेरुदण्ड मानिने सहिद स्मारक ए डिभिजन लिगको नयाँ संस्करण भोलिदेखि सुरु हुँदै छ । केही क्लबले राष्ट्रिय टोलीका खेलाडीलाई समावेश गर्दै उपाधि लक्ष्य बनाएका छन् भने केही टोली युवा खेलाडीको भरमा ए डिभिजन लिग खेल्दैछन् भने धेरै जसो क्लबको लक्ष्य उपाधि रहेको छ ।
पहिलो खेल भोली यसै सिजन बढुवा भएको टोली सातदोबाटो युथ क्लबले फ्रेन्ड्स क्लबसँग खेल्दै लिगको सुरुआत गर्दा नयाँ सिजनको सहिद स्मारक ए डिभिजन लिग पनि आरम्भ हुनेछन् । सहभागि सबै जसो क्लबले आफ्नो टोलीमा युवा टोलीको बाहुल्यता रहेको भन्दै युवा खेलाडीको जोशमा नयाँ सिजनको लिग खेल्ने बताएका हुन् ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा आयोजना हुने उद्घाटन खेल फ्लड लाइटमा हुँदैछ । लिग सुरु हुन पूर्व अखिल नेपाल फुटबल संघ एन्फाले लिग हुन पूर्व आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागि सबै क्लबले राम्रो नतिजाका लागि खेल्ने बताएका छन् । सुरुआती दुई चरणका लागि जारी गरेको तालिका अनुसार उद्घाटन पछिका खेल पनि सबै दशरथ रंगशालामा आयोजना हुँदै छन् । दिनमा दुई खेल हुनेछन् । पहिलो खेल दिनको १ बजे हुनेछ भने दोस्रो खेल पौने पाँच बजे सुरु हुनेछ । दिनको दोस्रो खेल सबै फ्लड लाईटमा खेलाइने एन्फाले यस अघि नै जानकारी गराएको छ ।
१४ टोलीले सहभागिता जनाएको सहिद स्मारक ए डिभिजन लिगमा कुल ९१ खेल हुँदै छन् । लिगको पुछारका दुई टिम रेलिगेसनमा रहँदै बी डिभिजनमा घटुवा हुनेछन् । लिगको विजेताले ७५ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५० लाख रुपैयाँ र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछ । यस्तै हरेक खेलको विजेताले ५० हजार पाउनेछ भने बराबरीमा खेल सकिए दुबै टोलीले २५÷२५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन