कानुन कार्यान्वयनमा प्रहरीले कसैसँग सम्झौता गर्दैन : महानिरीक्षक थापा
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीले कानुन कार्यान्वयनका सिलसिलामा कसैसँग कुनै पनि सम्झौता नगर्ने बताएका छन् । उनले संगठनले लिएको नीति एवं कार्ययोजनाप्रति कटिबद्ध रहन प्रहरीलाई निर्देशनसमेत दिएका छन् ।
लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल बहुउद्देश्यीय भवनको बिहीबार उद्घाटन गर्र्दै महानिरीक्षक थापाले महिला तथा बालबालिकाविरुद्ध हुने अपराधमा प्रहरी थप समवेदनशील भई जिम्मेवार बन्न निर्देशन दिएका हुन् ।
उनले सीमित साधन, स्रोतका बाबजुद प्रहरीले उत्कृष्ट सेवा प्रदान गर्नुपर्ने बताउँदै नागरिकलाई प्रदान गर्ने सेवामा कुनै पनि सम्झौता गर्न नसक्ने बताए । उनले भने, ‘प्रहरीले जनताप्रति देखाउने व्यवहार र प्रहरी सेवामा सुधार गर्दै क्रियाशील हुनुपर्छ ।’
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायव महानिरीक्षक मुकुन्दराज आचार्य, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक रामदत्त जोशीले सम्बोधन गरेका थिए ।
उक्त बहुउद्देश्यीय भवन ७ करोड ७६ लाख रुपैयाँमा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चलचित्रबाट निकालिइन् पाकिस्तानी अभिनेत्री हानिया
-
समाजमा पछाडि पारिएका वर्ग समुदायको हितमा काम गर्न प्रतिबद्ध छौँ : अर्थमन्त्री थापा
-
नवराज विक हत्या प्रकरण : २३ जनाको जन्मकैद सदर, दुई जनालाई सफाइ
-
६ एआईजीको पदस्थापन, सीआईबीमा चन्द्रकुवेर खापुङ
-
ट्रेलरमा यस्तो देखियो चलचित्र ‘ऊनको स्वीटर’
-
आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने शिक्षक महासंघको निर्णय