अफगान सुरक्षा बलद्वारा काबुलमा आइएस लडाकु मारिए
बिहीबार, ०२ मङ्सिर २०७८, १७ : १९

अफगान सुरक्षा बलले काबुल शहरमा इस्लामिक स्टेट (आईएस) वा आइएस लुकेको भनिएको ठाउँमा छापा मारेर एकजना लडाकुलाई मारेको तालिवान अधिकारीले बिहीबार जानकारी दिएका छन् ।
‘इस्लामिक इमिरेट्सका सुरक्षा बलहरूले बुधबार राति खैरखाना जिल्लाको ‘सराई– ए–शामली इलाकामा आइएस समूह लुकेको ठाउँलाई निशाना बनाएर एक विद्रोहीलाई मारेका छन् र अरू केहीलाई गिरफ्तार गरेका छन्’ इनामुल्लाह समंगानीले आफ्नो ट्विटरमा लेखेका छन् ।
बुधबार दिउँसो काबुल शहरको प्रहरी जिल्ला १३ दशतीबर्ची क्षेत्रमा भएको दुईवटा बम विष्फोटमा कम्तीमा एक जनाको मृत्यु हुनुका साथै तीन महिलासहित ६ जना घाइते भएका थिए । काबुल विगत केही दिनयता हिंसात्मक घटनाको केन्द्र बनेको छ । कट्टरपन्थी आइएसले बुधबार भएको दुईवटा विष्फोटको जिम्मेवारी लिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु