आयुष्मान र सक्षमलाई स्वर्ण
नेपालका आयुष्मान हजुर घले र सक्षमविक्रम शाहको जोडीले काठमाडौं एसियन यु–१४ र्याङकिङ टेनिस प्रतियोगिता अन्तर्गत सर्किट– १ को ब्वाइज डबल्समा स्वर्ण जितेका छन् । बिहीबार सातदोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा आयुष र सक्षमको जोडीले नेपालका राजवीर प्रधान र दर्शिल श्रेष्ठको जोडीलाई ६–४, ४–६ र १०–६ को सेटमा पराजित गरे ।
नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गल्र्स सिंगल्समा नेपालकी प्रशंसा मोक्तानले नेपालकी इभा अधिकारीलाई ६–१ र ६–१ को सोझो सेटमा हराउँदै फाइनलमा प्रवेश गरिन् । फाइनलमा प्रशंसाको भेट सुनिरा थापासँग हुने छ । सुनिराले बुधबार नै फाइनलमा स्थान पक्का गरेकी थिइन् ।
ब्वाइज सिंगल्समा भारतका सिद्धार्थ जिबु र नेपालका सक्षमविक्रम शाहले फाइनल भिडन्त निश्चित गरे । सिद्धार्थले नेपालका दर्शिल श्रेष्ठलाई ३–६, ६–१ र ७–५ तथा सक्षमले नेपालका आयुष्मान हजुर घलेलाई ४–६, ६–३ र ६–४ को सेटमा पाखा लगाए । ब्वाइज र गल्र्स सिंगल्सको फाइनल शुक्रबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का
-
टर्कीका राष्ट्रपतिद्वारा सिरियाली शरणार्थी फिर्ता गर्न इयुसँग आग्रह
-
अन्तर्राष्ट्रिय ध्यान दिवस राष्ट्रिय महोत्सव हो : सद्गुरु एलपी भानु शर्मा
-
मुख्यमन्त्री लामाद्वारा चन्द्रागिरि नगर अस्पताललाई ‘भेन्टिलेटर’ हस्तान्तरण
-
अधिकांश क्यानडेली अमेरिकी बन्न चाहन्छन् : ट्रम्प
-
ओस्कारबाट बाहिरियो ‘शाम्बाला’