
एकै पटक ७२ जना कलाकारले नाच्न मिल्ने गरी बनाइँदै एमाले महाधिवेशनको मञ्च
नेकपा एमाले महाधिवेशन आउँदो १० मंसिरबाट चितवनमा सुरु हुँदै छ । महाधिवेशनस्थलको नक्सांकन गरिएको एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठले जानकारी दिए । उनका अनुसार १०० अतिथि रहने गरी आकर्षकमञ्च निर्माण गरिनेछ । एकै पटक ७२ जना कलाकारले प्रस्तुति दिन मिल्ने गरी मञ्च बनाइने उनले जानकारी दिए ।
चार खण्डमा हुने मञ्चको माथिल्लो तहमा अतिथि र स्थायी कमिटी सदस्य, दोस्रो खण्डमा सांस्कृतिक कार्यक्रम, तेस्रो खण्ड केन्द्रीय सदस्य र चौथो खण्डमा पोडियम रहने श्रेष्ठले जानकारी दिए ।
आठ फिट अग्लो, ३० फिट लामो र ४० फिट फराकिलो मञ्च हुने बताएका उनले उद्घाटन सत्रमा कार्यक्रमस्थलसहित विभिन्न स्थानमा गरी २० ठाउँमा डिस्प्लेमार्फत प्रदर्शन गर्ने योजना रहेको बताए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ