शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

बिहीबार, ०२ मङ्सिर २०७८, १६ : ५८
बिहीबार, ०२ मङ्सिर २०७८

गण्डकी प्रदेशमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा २२३ जनामा गरिएको नमूना परीक्षणमा १८ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ९ महिला र ९ पुरुष रहेका छन् । प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । 

उनका अनुसार कास्की ८, स्याङजा १, मुस्ताङ १, लमजुङ ३, तनहुँ ३ र नवलपरासी पूर्वमा २ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८७ हजार ७४३ पुगेको छ । 
गण्डकीमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङजा, पुतलीबजार नगरपालिका–४ का ६४ वर्षीय पुरुष र मुस्ताङको थसाङ गाउँपालिका–२ का ९१ वर्षीय पुरुष रहेका छन । उनीहरु दुवै जनाको पोखरास्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४०७ पुगेको छ । 

प्रदेशमा पछिल्लो चौबिस घण्टामा २७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८६ हजार ५५ पुगेको छ भने होम आइसोलेसनमा २३७ जना रहेका छन् । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या २८१ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप