बारलाई नमनाएसम्म प्रधानन्यायाधीशसँग बेन्च सेयरिङ नगर्ने न्यायाधीशहरूको निर्णय
पूर्ण बैठक बसेर गोलाप्रथाबाट मुद्दा सुनुवाइ गर्ने निर्णय गरेका न्यायाधीशहरूले नेपाल बार एसोसिएसन र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबीच सहमति नभएसम्म जबरासँग बेन्च सेयरिङ नगर्ने सहमति गरेका छन् ।
इजलास फर्कने असन्तुष्ट न्यायाधीशको कदमप्रति नेपाल बारले शंका व्यक्त गरेको भन्दै न्यायाधीशहरूले आफूहरू गोलाप्रथाबाट मुद्दा हेर्न इजालास गए पनि जबरासँगको इजलासमा भने नबस्ने निर्णय गरेका हुन् । बैठकपछि सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘गोलाप्रथाअनुसार हामी मुद्दा हेर्न इजलास जान्छौं, तर बार र प्रधानन्यायाधीशबीच सहमति नभएसम्म हामी उहाँ (जबरा) सँग इजलास सेयर गर्दैनौं ।’
ती न्यायाधीशका अनुसार जबराविरुद्ध बारले थालेको आन्दोलनमा समर्थनस्वरूप यस्तो निर्णय गरिएको हो ।
इजलास नफर्कंदा जनताले सास्ती पाएको भन्दै फर्कन राजी भएको, तर प्रधानन्यायाधीशमाथि बारले उठाएका प्रश्नमा न्यायाधीशहरू एकमत रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण