कतारविरुद्धकाे शृंखला 'क्लिन स्विप' गर्ने दाउमा नेपाल
बिहीबार, ०२ मङ्सिर २०७८, १६ : ५४
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज बिहीबार घरेलु टोली कतारसँग अन्तिम तथा तेस्रो टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा प्रतिस्पर्धा गर्दै छ । दोहामा घरेलु टिमविरुद्ध मैदान उत्रिँदै गर्दा भ्रमण टोली नेपाल पहिलो पटक शृंखला 'क्लिन स्विप' गर्ने दाउमा हुनेछ ।
तीन खेलको शृंखला नेपालले यसअघि नै २-० ले जितिसकेको छ । नेपाल तेस्रो खेलसमेत जित्दै शृंखला ३-० ले जित्न चाहन्छ । पहिलो खेलमा कतारलाई ११९ रन तथा दोस्रो खेलमा ६१ रनको जित निकालेको थियो ।
आईसीसी महिला टी-ट्वान्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी-ट्वान्टी शृंखला खेलेको हो । यसपछि नेपाली टोली संयुक्त अरब इमिरेट्स प्रस्थान गर्नेछ ।
विश्वकप छनोट भने २२-२८ नोभेम्बरमा दुबईमा आयोजना हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान