आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रहित र जनहितमा काम गर्न प्रतिबद्ध छु : मन्त्री श्रेष्ठ

बिहीबार, ०२ मङ्सिर २०७८, १६ : ५३
बिहीबार, ०२ मङ्सिर २०७८

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले राष्ट्रहित र जनहितमा गर्ने काममा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । प्रेस सेन्टर नेपाल भक्तपुरको दोस्रो अधिवेशनको बिहीबार उद्घाटन गर्दै मन्त्री श्रेष्ठले राष्ट्रहित र जनहितको पक्षमा काम गर्न मन्त्रालयका तर्फबाट अभियान थालिसकेको बताइन् ।

मन्त्री श्रेष्ठले भक्तपुरमा रहेका स्ववासीहरुले खेपिरहनुपरेको समस्या, हलिया र कमैया कमलरीको समस्या समाधान गर्न आफुले पहल शुरु गरिसकेको भन्दै तल्लोस्तरमा रहेका जनताको संविधानमा व्यवस्था भएको अधिकार स्थापित गर्न आफु लागिरहेको बताइन् ।

उनले पत्रकार जगतले सहि सूचना सम्प्रेषण गर्दा त्यसले समाजमा सकारात्मक प्रभाव ल्याउने भन्दै अग्रगमन र प्रतिगमनको द्वन्द्व चलिरहेकाले जनतालाई सही सूचना सम्प्रेषण गर्ने गरी अग्रगमनको पक्षमा कलम चलाउन समेत आग्रह गरिन् । मन्त्री श्रेष्ठले लोकतन्त्र र संविधान विरोधी तत्वले अझै पनि संविधान मास्न बल गरिरहेकोले त्यसलाई पुरा हुन नदिन यसअघि जस्तै गरि सञ्चार जगतले भूमिका खेल्नुपर्नेमा जोड समेत दिइन् ।

‘प्रतिगामी तत्वले अहिले संविधान मास्न खोजिरहेका छन्, संविधानमाथि पटक–पटक हमला गरिरहेका छन्, जनताको सार्वभौम थलो प्रतिनिधिसभा विघटन गरेर दुई–दुईपटक संविधानलाई मृत शैयामा पुर्याउने काम भयो यस्तो समयमा पत्रकारले आफ्नो विवेक नगुमाई काम गरेको र देशका सवै पक्ष लागेका कारण संविधान विरोधी तत्वलाई पछाडी धकेल्न सफल भयौँ, तर थोरै ठाउँ पाउँदा फेरी पनि संविधान विरोधी तत्व अगाडि आउनसक्छ, त्यसकारण जनतालाई सहि सूचना दिन सक्यौ भने हामी फेरि पनि जित्ने छौ’ मन्त्री श्रेष्ठको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप