आइतबारबाट नियमित इजलास बस्ने तयारी
बिहीबार, ०२ मङ्सिर २०७८, १५ : ५८
प्रधानन्यायाधीश प्रकरणमा विभाजित न्यायाधीशहरु आगामी आइतबारदेखि नियमित इजलासमा बस्ने भएका छन् । बिहीबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले नियमावली संशोधन र त्यससम्बन्धी निर्देशिका पारित गरेपछि असन्तुष्ट न्यायाधीशहरु इजलास बस्ने माहोल तयार भएको हो ।
एक न्यायाधीशका अनुसार नियमावली संशोधन गर्नुपर्ने र गोलाप्रथाबाट इजलास तोक्नेसम्बन्धी माग पूरा भएसँगै आफूहरु आइतबारदेखि नियमित इजलासमा फर्किने तयारीमा रहेको बताए । सर्वोच्च अदालत प्रशासनका अनुसार बिहीबारको फुलकोर्टले नियमावली संशोधन गर्दै आजै त्यसलाई आवश्यक प्रक्रिया अघि बढाउन कानुन मन्त्रालयमा पठाउने निर्णय भएको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनजन्य विपद्को पूर्वतयारी चुस्त बनाउन स्थानीय तहलाई सरकारको परिपत्र
-
काठमाडौं महानगर क्षेत्रलाई निषेधित क्षेत्र बनाउने निर्णयको राप्रपाद्वारा कडा विरोध
-
बालाजु पौडी पोखरी सञ्चालनमा
-
शिवनाथमा उच्चशिक्षा अध्ययन गर्ने विद्यार्थीले छात्रवृत्ति पाउने
-
शरीरमा एक थोपा रगत भएसम्म देशका लागि लडिरहन्छौँ : राधिका शाक्य
-
थुम्के साहित्य महोत्सव–२०८२ सम्पन्न