सोमबार, २४ असार २०८१
ताजा लोकप्रिय

कर्णालीमा माओवादी केन्द्र संसदीय दलको बैठक सुरु

बिहीबार, ०२ मङ्सिर २०७८, १५ : १३
बिहीबार, ०२ मङ्सिर २०७८

कर्णाली प्रदेशमा नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक सुरु भएको छ । बिहान ११ बजेदेखि बैठक सुरु गर्ने भनिए पनि केही ढिलागरी बैठक सुरु भएको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार गठन भएको दुई साता वितिसक्दा पनि नेकपा (माओवादी केन्द्र)बाट कुनै पनि मन्त्रीलाई सहभागी गराउन नसकिएको अवस्थामा आजको बैठकले ठोस निर्णय गर्ने अनुमान गरिएको छ ।

माओवादी केन्द्र  संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले बैठकमा समग्र एजेण्डाको विषयमा छलफल गर्ने बताए । यो बैठकमा माओवादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष राजकुमार शर्मा पनि सहभागी छन् ।  उनको उपस्थितिले पनि दलबाट कसलाई सरकारमा पठाउने भन्नेबारे वृहत छलफल हुने आङ्कलन गरिएको छ ।

 दलका नेता तथा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही माओवादी केन्द्र कर्णाली प्रदेशको सह–इन्चार्ज हुन् भने शर्मा अध्यक्ष हुन् संसदीय दलको बैठकमा प्रदेश अध्यक्षलाई उपस्थित गराउनुलाई केही रहस्यमय तरिकाले हेरिएको छ ।  दलभित्रकै सांसदहरुबीच मन्त्री बन्ने कुरालाई लगेर लडाईँ हुन थालेपछि तालमेल मिलाउनका लागि भएपनि शर्मालाई उपस्थित गराइएको हुन सक्ने अनुमान गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप