शिवम् सिमेन्टद्वारा निर्माणकर्मीलाई पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण
शिवम् सिमेन्ट लिमिटेडले देशका विभिन्न स्थानमा निर्माणकार्यहरूलाई पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बीमा पोलिसी हस्तान्तरण गरेको छ । दक्ष प्राविधिक र निर्माणकर्मीबीच अन्तरक्रिया कार्यक्रम गराउँदै शिवम् सिमेन्टले भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श पनि प्रदान गरेको छ ।
दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरूले हरेक दिन झेल्नुपर्ने जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरूको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको थियो । देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तरक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरूका लागि पाँच लाख रुपैयाँ बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो ।
पहिलो चरण अन्र्तगत हालसम्म काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा एक हजारभन्दा बढी निर्माणकर्मीहसँग प्राविधिक अन्तरक्रिया गरी उनीहरूको जोखिम बीमा गराइसकेको कम्पनी प्रतिनिधिले बताएका छन् ।
अन्तरक्रिया कार्यक्रममा दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माण सम्बन्धी समस्याहरूको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विस्तृत जानकारी गराइएको शिवम्ले जनाएको छ । आगामी दिनमा समेत शिवम् सिमेन्टका बिक्रेताहरू सँगको समन्वयमा अन्तरक्रिया तथा निःशुल्क बीमा कार्यक्रम निरन्तर संचालन गर्ने कम्पनीले जनाएको छ ।
ओपीसी सिमेन्टमात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्टले सन् २००९ देखि अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
-
आमा बनिन् अभिनेत्री नन्दिता केसी