सुपर प्लस साइज मोडल नेपाल प्रतियोगिता हुने
मोटी युवती लक्षित सौन्दर्य प्रतियोगिता ‘सुपर प्लस साइज मोडल नेपाल’ को चौथो संस्करण ‘सुपर प्लस साइज मोडल नेपाल २०२२’ हुने भएको छ । आयोजक मोडल सङ्स नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको आवेदन खुल्ला भएको जनाएको हो ।
१६ देखि ४० वर्षसम्मका विवाहित तथा अविवाहित दुवै समूहका युवतीले प्रतियोगितामा भाग लिन सक्नेछन् । आयोजक संस्थाका प्रमुख डेविल सिंह राजपुतले मोटोपनाका कारण हिनताबोध भएका युवतीहरुलाई प्रोत्साहन गर्ने तथा उनीहरूको क्षमतालाई अभिबृद्धि गरि समाजमा सकारात्मक सन्देश दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको बचाए ।
यही मंसिर २५ गते मोडल सङ्ग्स नेपालको केन्द्रीय कार्यालय बागबजारमा हुने अडिसनबाट छनोटमा परेका प्रतियोगीलाई मात्र अन्तिम स्पर्धाका लागि प्रशिक्षण दिइनेछ । छानिएका प्रतियोगीलाई फेसन कोरियोग्राफर रोजिन शाक्यले कोरियोग्राफी गर्नेछन् ।
आयोजक संस्था सरोज ओझाले प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धामा एक महिने प्रशिक्षणका क्रममा र्याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटोसेसन, स्टेज पफर्मेन्स, पब्लिक स्पिकिङ लगायत विविध विषयमा दक्ष व्यक्तित्वहरुले प्रशिक्षण दिइने बताए ।
प्रतियोगिताका विजेताले नगद पुरस्कारसँगै दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन र मोडलिङ क्षेत्रमा अवसर पाउनेछन् । उत्कृष्ट ३ प्रतियोगीले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विभिन्न फेशन सो तथा सौन्दर्य प्रतियोगिताहरूमा समावेश हुन पाउने आयोजकले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार आवासीय चिकित्सकका माग सम्बोधन गर्न तयार
-
संसद्मै निर्णय गर्छु, अहिले गोपनीयता खोल्दिनँ : वामदेव गौतम
-
झाडी फाडेर सुन्तला बगान
-
नेपाल चिकित्सा शिक्षा आयोगको परीक्षामा पारदर्शिताको अभाव
-
त्रिविमा २०५८ सालदेखिका विद्यार्थीका लागि मौका परीक्षाको फारम खुल्यो
-
प्रहरीलाई कर्मचारीले परिचालन गर्ने र अधिकार कटौती गर्ने प्रस्ताव गलत : पूर्वगृहमन्त्री शर्मा