बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट गुणस्तरहीन, बजारबाट फिर्ता गर्न निर्देशन

बिहीबार, ०२ मङ्सिर २०७८, १३ : ४७
बिहीबार, ०२ मङ्सिर २०७८

नेपाल गुणस्तर तथा नापतौल विभागले मारुती सिमेन्ट (ओपीसी–४३ ग्रेड), युनाइटेड सिमेन्ट (ओपीसी–५३ ग्रेड) र जगदम्बा सिमेन्ट (पीपीसी) गुणस्तरहीन भएको ठहर गरेको छ । सम्बन्धित कम्पनीलाई यी सिमेन्ट बिक्री वितरण बन्द गर्न, सो ब्याचको सबै सिमेन्ट बजारबाट फिर्ता गर्न र १५ दिनभित्र स्पष्टीकरण पेश गर्न विभागले निर्देशन दिएको छ । 

उल्लेखित सिमेन्ट कम्पनीहरूले गुणस्तर मापदण्ड पूरा नगरेकोले कारबाही प्रकृया अघि बढाइएको विभागले जानकारी दिएको छ । विभिन्न मितिमा बजार अनुगमन क्रममा नमूना संकलन गरी विभागको प्रयोगशालामा परीक्षण गरिएको र सम्बन्धित उद्योग नै निरीक्षण गर्दा उल्लेखित सिमेन्ट नेपाल गुणस्तर बमोजिम नपाइएको विभागले जनाएको छ । 

सिमेन्ट उद्योगविरुद्ध विभागले नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली २०४० बमोजिम कारबाही प्रकृया अघि बढाएको हो ।  विभागले धनुषास्थित जानकारी केबल ई. प्रालिले उत्पादन गरेको पीभीसी केबल पनि गुणस्तरहीन भएको ठहर गरेको छ । बारास्थित ग्यास वान नेपाल प्रालिले बोटलिङ गर्ने गरेको ग्यास सिलिन्डरमा पनि मापदण्ड पूरा नभएको भन्दै कारबाही अघि बढाएको छ ।

विभागले जारी गरेको प्रेस विज्ञप्ति :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप