सर्वोच्चमा देखिएको समस्या छिट्टै समाधान हुन्छ : माधव नेपाल
बिहीबार, ०२ मङ्सिर २०७८, १३ : ४१
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुनुपर्ने बताएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा प्रदेश पार्टी कार्यालयको आज शुभारम्भ गर्दै उनले सर्वोच्चको समस्या समाधानका लागि सत्ता साझेदार दलको बैठकले साझा धारणा बनाएर समाधान गर्ने निर्णय गरेको जानकारी दिए ।
उनले भने, “बैठकमा सबै सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय भइसकेकाले अब प्रधानमन्त्रीले आफ्नो तर्फबाट समस्या समाधानका लागि पहल गर्नुपर्दछ ।”
अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनको सरकारले जनअपेक्षा अनुसार काम गरिरहेको र नेकपा (एमाले) बाट विद्रोह गरेर बनेको आफ्नो पार्टीप्रति देशभर जनलहर बढ्दै गएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वभरका बजारबाट कोभिड खोप फिर्ता लिने एस्ट्राजेनेकाको निर्णय
-
राष्ट्रिय निकुञ्ज र आसपास क्षेत्रमा यो वर्ष ६ वटा बाघ मृतावस्थामा भेटिए
-
आमाको मन बुझ्न वर्षौँ लाग्यो
-
फुटेको पार्टी दर्ता गर्न निर्वाचन आयोगको हतारो, भूमिकामाथि प्रश्न
-
तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान
-
उथलपुथलकाे चौथो शृङ्खलामा अमेरिकी स्वतन्त्रता सङ्ग्राम