बारमा छिरेर अमेरिकन ‘इगल’ भन्दै वकिलहरुलाई थर्काउने प्रयास (फोटो/भिडियो )
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध कानुन व्यवसायीहरुले संघर्ष गरिरहेका बेला बिहीबार सर्वोच्च अदालतसँगै रहेको नेपाल बार एसोशिएसनमा चार जना अपरिचत व्यक्तिहरु प्रवेश गरे ।
बिना सरोकारका उनीहरु अचानक बारमा पुगेर कानुन व्यवसायीहरूमाथि तथानाम गालीगलौज गर्न थाले । ‘एक–एक वकिलहरूलाई ठोक्छु । कोट च्यात्छु’, ती अपरिचति व्यक्तिले भने, ‘म अमेरिकन इगल हुँ ।’
अपरिचित व्यक्ति आएर यसरी कानुन व्यवसायीहरुलाई गालीगलौज र धम्क्याउन थालेपछि आन्दोलित कानुन व्यवसायीहरु पनि चुप लागेर बस्ने कुरा भएन । उनीहरुले त्यसरी गालीगलौजमा संलग्न एक जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए । सो क्रममा केहीबेर बार परिसर तनावग्रस्त बनेको थियो ।
नियन्त्रणमा लिएका व्यक्ति तीर्थ ढकाल भएको प्रहरीले जनाएको छ । प्रधानन्यायाधीशको राजीनामा माग्दै बारका वकिलहरुले तीन साता यता लगातार आन्दोलन गर्दै आएका छन् भने प्रधानन्यायाधीश समर्थकले पनि वेला बेला काउन्टर आन्दोलन गर्दै आएका छन् । प्रहरीले यसबारे अनुसन्धान सुरु भएको जनाएको छ ।






खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण