मङ्गलबार, ०२ वैशाख २०८२
ताजालोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बारमा छिरेर अमेरिकन ‘इगल’ भन्दै वकिलहरुलाई थर्काउने प्रयास (फोटो/भिडियो )

बिहीबार, ०२ मङ्सिर २०७८, १३ : २१
बिहीबार, ०२ मङ्सिर २०७८

 प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध कानुन व्यवसायीहरुले संघर्ष गरिरहेका बेला बिहीबार सर्वोच्च अदालतसँगै रहेको नेपाल बार एसोशिएसनमा चार जना अपरिचत व्यक्तिहरु प्रवेश गरे । 
बिना सरोकारका उनीहरु अचानक बारमा पुगेर कानुन व्यवसायीहरूमाथि तथानाम गालीगलौज गर्न थाले । ‘एक–एक वकिलहरूलाई ठोक्छु । कोट च्यात्छु’, ती अपरिचति व्यक्तिले भने, ‘म अमेरिकन इगल हुँ ।’ 

अपरिचित व्यक्ति आएर यसरी कानुन व्यवसायीहरुलाई गालीगलौज र धम्क्याउन थालेपछि आन्दोलित कानुन व्यवसायीहरु पनि चुप लागेर बस्ने कुरा भएन । उनीहरुले त्यसरी गालीगलौजमा संलग्न एक जनालाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए । सो क्रममा केहीबेर बार परिसर तनावग्रस्त बनेको थियो ।

नियन्त्रणमा लिएका व्यक्ति तीर्थ ढकाल भएको प्रहरीले जनाएको छ । प्रधानन्यायाधीशको राजीनामा माग्दै बारका वकिलहरुले तीन साता यता लगातार आन्दोलन गर्दै आएका छन् भने प्रधानन्यायाधीश समर्थकले पनि वेला बेला काउन्टर आन्दोलन गर्दै आएका छन् । प्रहरीले यसबारे अनुसन्धान सुरु भएको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप