शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्म ‘पासो’ चैत्रमा रिलिज हुने

बिहीबार, ०२ मङ्सिर २०७८, १२ : ४१
बिहीबार, ०२ मङ्सिर २०७८

अभिनेत्री रीस्ता बस्नेतको मुख्य भूमिका रहेको फिल्म ‘पासो’ आगामी १८ चैत्र अर्थात अप्रिल १ तारिखबाट सार्वजनिक प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले बिहीबार फिल्मको पोष्टर फष्ट लुक्सको रुपमा सार्वजनिक गर्दै प्रदर्शन मिति समेत बाहिर ल्याएको हो । 

फिल्म एकसाथ देशभर रिलिज हुने वितरक करण श्रेष्ठ ‘क्रेजी’ ले बताए । सरु र प्रमिला नाम गरेका दुई साथी एक अपराधिक गिरोहद्वारा कुनै उच्च पदस्थ व्यक्तिको शारीरिक तृष्णा मेटाउनका लागि अपहरणमा परेको कथामा फिल्म निर्माण भएको हो ।

आर.बी पुनको निर्देशन रहेको फिल्ममा पुनकै कथा, पटकथा तथा संवाद रहेको छ । भगवान भुजेलले निर्माण गरेको फिल्म क्राइम र सर्भाइबल जनरामा निर्माण गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।  बसन्त घिमिरे, अनु मुस्कान, अनुराग ढुंगाना, सरस्वती गुरुङ सह–निर्माता रहेको फिल्ममा  रीस्ताको अलवा सुनिसा बजगाईँ, रामकुमार बस्ताकोटी, प्रतीक दुलाल, प्रणव आकाशको मुख्य भूमिका छ ।

सूर्य दयालुको संगीत, उत्तम हुमागाँइको छायाङ्कन, भूपेन्द्र अधिकारीको सम्पादन फिल्ममा छ । फिल्म जीजीए ग्रुप र एफडी कम्पनीले वितरण गर्दैछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप