आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

विराटनगरमा खुल्यो रेडमड कफीको १० औं आउटलेट

बिहीबार, ०२ मङ्सिर २०७८, ११ : ३१
बिहीबार, ०२ मङ्सिर २०७८

रेडमड कफीले विराटनगरमा आफ्नो १० औं आउट लेट विस्तार गरेको छ । विराटनगरको रेन्बो गल्लीमा रेडमडले आफ्नो १० औं आउटलेट खोलेको हो । सन् २०१२ देखि थापाथलीबाट सुरुवात भएको रेडमड कफीले मनाङदेखि पश्चिममा धनगढी हुँदै पूर्वमा विराटनगरसम्म आफ्नो सेवा विस्तार गरेको छ ।

अहिले काठमाडौंको नयाँ बानेश्वर,दरबारमार्ग,डिल्लीबजार,एकान्तकुना,गौरीधारा, झम्सिखेल, थापाथलीमा रेडमड कफी सञ्चालनमा छ । कफीका सञ्चालक प्रवेश हुमागाईँले देशका अन्य स्थानमा पनि आउटलेट विस्तार गर्ने योजना रहेको बताएका छन् । उनले रेडमड कफीसँग सहकार्य गर्न चाहने व्यक्तिले फ्रेन्चाइजका लागि कार्यालयमा सम्पर्क गर्न सक्ने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप