विराटनगरबाट ‘काँडेतार’ को सुटिङ सुरु

फिल्म ‘काँडेतार’ को सुटिङ सुरु भएको छ । फिल्मको सुटिङ विराटनगरबाट सुरु भएको हो । निर्माता समेत रहेका निर्देशक नवल खड्काले फिल्मको सुटिङ विराटनगरबाट सुटुक्क सुरु गरेका हुन् । पहिले काम सक्ने र पछि हल्ला गर्ने उदेश्यले उनले गुपचुप फिल्मको छायाङ्कन गरिरहेका छन् ।
नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने विषयमा फिल्म बन्न लागेको हो । फिल्मको कथा महत्वपूर्ण भएकोले छायाङ्कनमा कहिँकतैबाट अवरोध नहोस् भनेर फिल्मको सुटिङ सुटुक्क गरिरहको निर्देशक खड्काले बताए ।
फिल्ममा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, रविन्द्र रञ्जन झा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग, प्रेम कार्की, महेश गिरी लगायतको मुख्य भूमिका देख्न सकिन्छ ।
सामना फिल्मस् प्रालिको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । फिल्म अभिनयका लागि कलाकार मुरलीधर अहिले मुम्बईबाट नेपाल आएका छन् । नवलले यस अगाडि राष्ट्रियताको बिषयमा दशगजा,भीमदत्त लगायतका फिल्म बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले निकट विद्यार्थी संगठनद्वारा सुर्खेत बहुमुखी क्याम्पसमा तोडफोड, निर्वाचन स्थगित
-
ललितपुर महानगर र रसियाको उलान उदे सहरबीच भगिनीसम्बन्ध कायम
-
आरआर क्याम्पसमा एमाले र समाजवादीबिच चुनावी तालमेल
-
स्ववियु निर्वाचन : विद्यार्थीहरू किन उत्रिए तोडफोडमा ?
-
काठमाडौँमा हावाहुरीसहित वर्षा
-
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबिच टेलिफोन–संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह