बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

संयुक्त विद्यार्थी संगठनले ‘एक व्यक्ति एक रुपैयाँ’ संकलन गरी आयल निगमलाई बुझाउने

बिहीबार, ०२ मङ्सिर २०७८, १० : ४८
बिहीबार, ०२ मङ्सिर २०७८

संयुक्त विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै थप आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका छन् ।  बुधबार बागबजारमा बैठक गरेर उनीहरूले थप आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेका हुन् । मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै विद्यार्थी संगठनहरुले मंसिर ३,४ र ५ गते विभिन्न आन्दोलनका कार्यक्रमहरु गर्ने समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले रातोपाटीलाई बताए । 

जसअनुसार मंसिर ३ र ४ मा सबै दलका शीर्ष नेताहरूलाई ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ। मंसिर ५ मा एक व्यक्ति एक रूपैयाँ संकलन गरी नेपाल आयल निगमलाई बुझाउने कार्यक्रम रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप