शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बालोपयोगी केही सामान्य ज्ञान

बिहीबार, ०२ मङ्सिर २०७८, १० : ३४
बिहीबार, ०२ मङ्सिर २०७८

                                


                              

 प्रश्न

१, चारवेदमा कुन तलकोमध्ये कुन पर्दैन ?

(क) यजुर्वेद (ख) धनुर्वेद (ग) सामवेद (घ) अथर्ववेद

२, नेपालमा सर्वप्रथम विद्युतीय राहदानी कसलाई प्रदान गरिएको छ ?

(क) वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी (ख) बरिष्ठ पत्रकार भारतदत्त कोइला (ग) नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती (घ) इतिहासविद् दिनेशराज पन्त

३, नेपालमा समाजसुधारक राजा भनेर चिनिने राजा को हुन् ?

(क) राम शाह (ख) प्रताप मल्ल (ग) भूपतीन्द्र मल्ल (घ) जयस्थिति मल्ल 

४, विश्वमा सबैभन्दा बढी शरणार्थी बसोबास गर्ने देश कुन हो ?

(क) अमेरिका (ख) स्पेन (ग) टर्की (घ) दक्षिण अफ्रिका

५, युनेस्कोले विश्व सम्पदामा पर्र्ने काठमाडौँ उपत्यकालाई खतराको सूचीबाट कहिले हटाएको हो ?

(क) सन् २०२१ जुलाई २१ (ख) सन् २०२१ अगस्ट २१ (ग) सन् २०२१ सेप्टेम्बर २१ (घ) सन् २०२१ अक्टुबर २१

६, बि.सं २०७८ साल असार १ गते भीषण बाढी गएको मेलम्ची क्षेत्र कुन जिल्लामा पर्छ ?

(क) काभ्रेपलाञ्चोक (ख) रसुवा (ग) सिन्धुपाल्चोक (घ) दोलखा

७, नेपालमा पोखरापछि सबैभन्दा बढी पानी पर्ने स्थानको नाम के हो ?

(क) काठमाडौँ (ख) भोजपुर (ग) सङ्खुवासभा (घ) ताप्जेजुङ

८, मेचे जातिको मुख्य बासस्थान रहेको जिल्लाको नाम के हो ?

(क) पाँचथर (ख) मोरङ (ग) सुनसरी (घ) झापा

९, नेपाली भाषाको प्रथम कवि भनेर कसलाई मानिन्छ ?

(क) सुवानन्द दास (ख) भानुभक्त आचार्य (ग) मोतीराम भट्ट (घ) सुन्दरानन्द बाँडा

१०, नागार्जुन दरवार कसले बनाउन लगाएका हुन् ?

(क) पद्मशम्शेर (ख) मोहनशम्शेर (ग) भीमशम्शेर (घ) जुद्धशम्शेर

११, मृत्युको आयु लेख्ने साहित्यकारको नाम के हो ?

(क) डा. रवीन्द्र समीर (ख) प्रतीक ढकाल (ग) शारदा शर्मा (घ) महेशराज पन्त

१२, नेपालको पहिलो रङ्गीन चलचित्रको नाम के हो ?

(क) सिन्दूर (ख) कुमारी (ग) माइती घर (घ) जीवन रेखा

१३, बडघर प्रथा प्रचलनमा रहेको समुदायको नाम के हो ?

 (क) सन्थाल (ख) जिरेल (ग) थारु (घ) माझी

१४, गैँडाको बच्चालाई के भनिन्छ ?

(क) छाउरो (ख) छावा (ग) गाँडु (घ) केटो

                                   सही उत्तर

१–(ख), २–(क), ३–(घ), ४– (ग) ५–(क) ६–(ग) ७–(ग) ८– (घ) ९–(क) १०–(घ) ११–(क) १२–(ख) १३–(ग) १४–(घ)

स्रोत विभिन्न पत्रपत्रिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बालसंसार डेस्क
बालसंसार डेस्क
लेखकबाट थप