आत्महत्या रोक्ने ‘लाइभ लाइफ’ विधि
मिडिया र आत्महत्याबीचको सम्बन्धको बारेमा सबैभन्दा पहिलो उल्लेख गोथेको उपन्यास ‘युवा वेर्थरको विलाप’ मा भएको देखिन्छ । सन् १७७४ मा यसको प्रकाशन भएलगत्तै, युवाहरूले पहेंलो प्यान्ट र नीलो ज्याकेट लगाएर मुख्य पात्रको नक्कल गर्न थाले । उपन्यासमा, वेर्थरले आफूले माया गर्ने महिलाले आफूलाई अस्वीकार गरेपछि पिस्तोलले आफैँलाई गोली हान्छ ।
यसको प्रकाशनको केही समयपछि युवाहरूले निराशाको कदम स्वरूप आत्महत्या गर्नका लागि त्यही विधि प्रयोग गरेका रिपोर्टहरू आए । जसका कारण धेरै ठाउँमा उक्त पुस्तकमाथि प्रतिबन्ध लगाइयो । त्यसैले ‘वेर्थर प्रभाव’ भन्ने शब्दलाई प्राविधिक साहित्यमा सोही प्रकृतिका आत्महत्याका घटनालाई जनाउन प्रयोग गरिन्छ । यो शब्द दुई शताब्दीपछि अर्थात् सन् १९९४ मा शोधकर्ता डेभिड फिलिप्सद्वारा प्रतिपादित गरिएको थियो ।
आत्महत्या कमजोर मानसिक स्वास्थ्यको सूचक हो । यो विश्वभर हुने मृत्युको प्रमुख कारणहरू मध्येमा पर्छ । नेपालमा २०७६ सालको राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणअनुसार ६.५ प्रतिशत वयस्क जनसङ्ख्याले आफूलाई आत्महत्याको सोच आउने गरेको बताएका छन् ।
विसं.२०७७ सालमा आत्महत्याका कारण हामीले नेपालमा हरेक दिन १९ जनालाई गुमाएका थियौँ । आत्महत्याको बढ्दो प्रवृत्तिलाई रोक्न र उल्टाउन असफल भएमा नेपालले दिगो विकास लक्ष्य हासिल गर्न सक्दैन ।
व्यवहारसम्बन्धी वैज्ञानिक सान्ड्रा जे क्लार्कको अहिले प्रायः उद्धृत हुने सन् २००१ मा प्रकाशित शोधपत्रमा यो कुरा राम्रोसँग उल्लेख गरिएको छ, ‘आत्महत्या गर्ने व्यक्ति एकपटक मर्छ । उसको पछाडि छोडिएकाहरू ती डरलाग्दा पलहरूलाई पुनः जिउन खोज्दै र किन यस्तो हुन्छ भन्ने बुझ्न खोज्दै हजारौँ मृत्यु मर्छन् ।’
आत्महत्याको जिम्मेवारीपूर्ण रिपोर्टिङबारे विश्व स्वास्थ्य संगठनको अद्यावधिक गरिएको निर्देशिकाको नेपाली अनुवादको स्थानीयकरण र विस्तारको सेरोफेरोमा रहने भएको छ । दुर्भाग्यवश, आत्महत्यासँग सम्बन्धित विषयवस्तुको सुरक्षित रिपोर्टिङसम्बन्धी स्थानीय मिडिया निर्देशिकाका बारेमा प्रेस, मानसिक स्वास्थ्यकर्मी, र आत्महत्यासम्बन्धी व्यवहार भोगेका व्यक्तिहरूबीच सचेतनाको स्तर न्यून रहेको हामीले पाएका छौँ ।
औसतमा, प्रत्येक आत्महत्याले ६ वा सोभन्दा बढी व्यक्तिलाई आत्महत्या प्रभावितको रूपमा छोड्ने अध्ययनहरूले देखाएको छ । यी भनेका ती मानिस हुन्, जसले आफूले अति माया गर्ने गरेको कसैलाई गुमाएका छन् र शोकमा छन् । यति मात्र होइन, आत्महत्याका प्रभावितहरूले आत्महत्याका बारेमा सोच्ने, योजना बनाउने वा प्रयास गर्ने जोखिम हुन्छ र यसरी यसले उनीहरूको पीडा र सङ्घर्षको प्रभावलाई अझ बढाउँदै लगिरहेको हुन्छ ।
विश्व स्वास्थ्य संगठनले हालै आत्महत्या रोकथाम गर्न ‘लाइभ लाइफ विधि’ कार्यान्वयनका लागि विस्तृत निर्देशिका जारी गरेको छ । यस निर्देशिकामा सिफारिस गरिएका चार रणनीतिमध्ये एउटा आत्महत्याको जिम्मेवारपूर्ण रिपोर्टिङमा मिडियालाई शिक्षित गर्ने रहेको छ ।
आत्महत्याको जिम्मेवारीपूर्ण रिपोर्टिङबारे विश्व स्वास्थ्य संगठनको अद्यावधिक गरिएको निर्देशिकाको नेपाली अनुवादको स्थानीयकरण र विस्तारको सेरोफेरोमा रहने भएको छ । दुर्भाग्यवश, आत्महत्यासँग सम्बन्धित विषयवस्तुको सुरक्षित रिपोर्टिङसम्बन्धी स्थानीय मिडिया निर्देशिकाका बारेमा प्रेस, मानसिक स्वास्थ्यकर्मी, र आत्महत्यासम्बन्धी व्यवहार भोगेका व्यक्तिहरूबीच सचेतनाको स्तर न्यून रहेको हामीले पाएका छौँ ।
आत्महत्याको रिपोर्टिङ अभ्यासमा सुधार गर्न र आत्महत्याको धारणा कम गर्न मिडिया निर्देशिकाको प्रभावकारिताका बारेमा वैज्ञानिक साहित्यमा पर्याप्त प्रमाणहरू छन् । त्यसैगरी, हामीले के पनि सिकेका छौँ भने निर्देशिकाको विकास वा लेखनमा कुनै मिडियाकर्मी संलग्न छैनन् भने यसको पालना गर्न उनीहरू उत्प्रेरित नहुन सक्छन् ।
बोहन्ना र वाङले सन् २०१२ मा गरेको बृहत् समीक्षाले मिडिया निर्देशिकाको प्रभावकारिताका लागि मिडिया समुदायको समर्थन, परामर्श र सहयोग, अर्थात् अर्को शब्दमा भन्नुपर्दा, ‘मिडियाको अपनत्व’ आवश्यक पर्ने सङ्केत गर्छ ।
मिडिया र स्वास्थ्यसम्बन्धी कार्यशालाहरूको स्वरूप निर्धारण गर्दा प्रायः मिडिया आफैँबाट गरिने स्वनियमनले मानसिक स्वास्थ्यमा अव्यवसायिक रिपोर्टिङका समस्याहरू समाधान गर्नेछ भन्ने मान्यता राखिने गरिएको छ ।
मिडिया र मानसिक स्वास्थ्यकर्मीबीच निरन्तर सहकार्यको महत्त्वका बारेमा क्यानेडियन साइकियाट्रिक एसोसिएसनको सुझावलाई तपाईंसँग बाँड्न चाहन्छु ।
उक्त एसोसिएसनका अनुसार यस किसिमको सहकार्यले एकातिर असुरक्षित रिपोर्टिङले पार्ने असरलाई स्वीकार्नुपर्छ भने अर्कोतर्फ पत्रकारको स्वायत्ततालाई पनि मान्यता दिनुपर्छ । यसमा दुवै पक्षको उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ । स्वास्थ्य नीति निर्माताहरू र मिडियाकर्मीहरूले आपसमा सहकार्य गर्दै नियमित, बारम्बार र निरन्तर संवादलाई अघि बढाउनुपर्ने हुन्छ ।
अस्ट्रिया र अस्ट्रेलियामा, आत्महत्या रिपोर्टिङका निर्देशिकाको विकास, प्रचार–प्रसार र तालिम प्रक्रियाहरूमा मिडिया क्षेत्रको संलग्नताले रिपोर्टिङ अभ्यासहरू परिवर्तन गर्न र आत्महत्याको अनुकरणलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । यसको विपरीत, मिडियाकर्मीको राय सुझावविना मिडिया निर्देशिका विकास गरिएका देशहरूमा यसप्रतिको सहयोग र सहभागिताको स्तर न्यून रह्यो, र यसैले रिपोर्टिङ गुणस्तर न्यून नै रहन गयो ।
सामाजिक सञ्जालले कसरी कार्य गर्दछ भन्नेमा हामी सबै केही हदसम्म नयाँ छौँ र सिकिरहेका छौँ । सामाजिक सञ्जालहरुमा हुने असुरक्षित रिपोर्टिङ एउटा बढ्दो चुनौती हो । सामाजिक सञ्जालले अफवाह र गलत जानकारीलाई कति चाँडो मूलधारमा प्रवाह गर्न सक्छ भनेर हामीलाई कोभिड–१९ ले देखाएको छ । हामीले तपाईसँग साझेदारी गर्ने निर्देशिकाले चुनौतीको यस पक्षलाई पनि हेर्छ ।
त्यसैगरी, पत्रकारिताको नैतिक आचरणको एउटा मूलभूत मान्यता जनहितको प्रवर्द्धन गर्नु भन्नेबाट सबै मिडियाकर्मी प्रेरित रहेका हुन्छन् । यी भनेका हाम्रा मेल हुने बिन्दुहरू र सम्भवतः नेपालमा आत्महत्या न्यूनीकरणमा हाम्रो सहकार्यको सुरुवाती बिन्दुहरू हुन् ।
तथ्य तोडमरोड नगरीकन मिडियामा प्रयोग हुने शब्दावली, दृष्टिकोण तथा स्थानीयकरणलाई ध्यान दिएर हामीले आत्महत्यासम्बन्धी समाचारको रिपोर्टिङ सुरक्षित भएको सुनिश्चित गर्नुपर्छ ।
यसबाहेक, आत्महत्यासँग सम्बन्धित समाचारहरूमा रोकथाम–केन्द्रित रिपोर्टिङको अत्यन्तै आवश्यकता छ, अर्थात्, संकटको समयमा मद्दत खोजिने स्रोतहरूबारे सान्दर्भिक जानकारी समावेश गर्नुपर्छ र आत्महत्याको घटनामा भावनात्मक सहयोगको व्यवस्था हुनुपर्छ ।
तपाईलाई आश्चर्य लाग्न सक्छ, तर मानसिक स्वास्थ्यकर्मी र पत्रकारहरुबीचको सहकार्यले आत्महत्यासम्बन्धी समाचारको सुरक्षित रिपोर्टिङ गर्ने कुरामा सम्पादकीय निर्णयहरूलाई समेत प्रभाव पार्न सक्छ ।
सामाजिक सञ्जालले कसरी कार्य गर्दछ भन्नेमा हामी सबै केही हदसम्म नयाँ छौँ र सिकिरहेका छौँ । सामाजिक सञ्जालहरुमा हुने असुरक्षित रिपोर्टिङ एउटा बढ्दो चुनौती हो । सामाजिक सञ्जालले अफवाह र गलत जानकारीलाई कति चाँडो मूलधारमा प्रवाह गर्न सक्छ भनेर हामीलाई कोभिड–१९ ले देखाएको छ । हामीले तपाईसँग साझेदारी गर्ने निर्देशिकाले चुनौतीको यस पक्षलाई पनि हेर्छ ।
मोजार्टको ओपेरा ‘द म्याजिक फ्लुट’ मा पापाजेनो नामको पात्रले आफ्नी प्रेमिका गुमाएको ठानेर आत्महत्या गर्ने सोच्छ । तर, अन्तिम क्षणमा, उसलाई आत्महत्याको विकल्पको सम्झना हुन्छ, र उसले वैकल्पिक मार्ग रोज्छ ।
आत्महत्याका बारेमा मिडियाको जिम्मेवारपूर्ण रिपोर्टिङका सकारात्मक प्रभावहरुलाई वैज्ञानिक साहित्यमा ‘पापाजेनो प्रभाव’ भनिन्छ । मलाई आशा छ, हामीले नेपालमा पापाजेनो प्रभाव धेरै देख्नेछौं र आत्महत्याका घटनाको संख्यामा कमी आउनेछ ।
(विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का नेपाल प्रमुख डा. राजेश साम्भाजीराव पाण्डवले धुलिखेलमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा व्यक्त गरेको विचार)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकास परियोजनाको नाममा कालीगण्डकी नदीको अस्तित्व मेटिने चिन्ता
-
भ्रष्टाचार विरोधी आन्दोलन मधेसबाट सुरु भयो : आजपा
-
काठमाडौं प्लाजा सर्वसाधारणको सवारी पार्किङका लागि खुला हुने
-
रातको समयमा काठमाडौंंमा गयो भूकम्प
-
१२ बजे, १२ समाचार : बीआरआई ऋणमा स्वीकार्न नसकिने प्रधानमन्त्रीको भनाइदेखि आन्दोलनबाट क्षति पुगेको रास्वपाको निष्कर्षसम्म
-
सहकारी ठगी : पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याएर दिनभर लिइयो बयान, अब पालो रविको