बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

बिहीबार, ०२ मङ्सिर २०७८, ०७ : ३४
बिहीबार, ०२ मङ्सिर २०७८

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबारको विदेशी मुद्राको विनिमयदर अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ५४ पैसा र विक्रीदर ११९ रुपैयाँ १४ पैसा पुगेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १३४ रुपैयाँ ०७ पैसा र विक्रीदर १३४ रुपैयाँ ७५ पैसा रहेको छ भने यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ १६ पैसा र विक्रीदर १५९ रुपैयाँ ९६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
 
यता जापानी यन आज १० को खरिददर नेपाली १० रुपैयाँ ३२ पैसा र विक्रीदर १० रुपैयाँ ३८ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ५८ पैसा र विक्रीदर १८ रुपैयाँ ६७ पैसा रहेको बैंकले जनाएको छ । 

यता साउदी अरेबियन रियाल आज एकको खरिददर ३१ रुपैयाँ ६० पैसा र विक्रीदर ३१ रुपैयाँ ७६ पैसा रहेकोमा कतारी रियाल आज एकको खरिदर अधिकतम ३२ रुपैयाँ ३९ पैसा र विक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप