सबैभन्दा बढी आयकर तिर्दै नबिल बैंक छैटौँ पटक सम्मानित
बुधबार, ०१ मङ्सिर २०७८, २२ : ४०
आर्थिक वर्ष २०७६/२०७७ मा बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी संस्थागत (कर्पोरेट) कर तिरेको नबिल बैंक सम्मानित भएको छ । कर दिवसका अवसरमा आन्तरिक राजश्व विभागले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल केशरी शाहलाई सम्मानपत्र हस्तान्तरण गरेको हो ।
बैंकले नेपाल सरकारलाई गत आर्थिक वर्षमा १ अर्ब ६७ करोड रुपैयाँ कर तिरेको थियो । पछिल्लो १० वर्षमा बैंकहरूतर्फ उच्चकर भुक्तानीमा छैटौँ पटक पर्न सफल भएको हो । नबिलले हालसम्म राज्यलाई १६ अर्ब १२ करोड रुपैयाँ कर बुझाएको र यो परिमाण बैंकको कुलपूँजीको १.१६ गुणा भएको बैंकले जानकारी दिएको छ ।
सन् १९८४ देखि बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले १३५ शाखा, १८९ एटीएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्टमार्फत सेवा दिइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककटेल २ बाट दिपिका बाहिर
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !