शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

सिभिल बैंकको अध्यक्षमा प्रतापजंग पाण्डे चयन

बुधबार, ०१ मङ्सिर २०७८, २२ : ३७
बुधबार, ०१ मङ्सिर २०७८

सिभिल बैंकको नयाँ अध्यक्षमा प्रतापजंग पाण्डे चयन भएका छन् । आज (बुधबार) बसेको बैंक सञ्चालक समितिको ३६२ औं बैठकले पाण्डेलाई बैंक अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । 
यस अघिका अध्यक्ष इच्छाराज तामाङलाई ठगी आरोपमा असोज १८ गते केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो । हिरासतमा रहेका तामाङले कात्तिक १७ गते बैंक अध्यक्ष पदबाट राजीनामा दिएका थिए । रिक्त रहेको बैंक अध्यक्षमा सञ्चालक समितिले पाण्डेलाई नियुक्त गरेको हो । 

अध्यक्ष चयन भएका पाण्डेले बैंकलाई प्रभावकारी रूपमा अघि बढाउन सबै पक्षबाट सहयोग अपेक्षा गर्दै व्यवस्थापन तथा कर्मचारीहरूलाई उच्च मनोबल साथ काम गरी बैंकलाई थप सबल र समृद्ध बनाउन आग्रह गरे । उनले शेयर होल्डरलगायत समग्र पक्षको भावनाअनुरूप अघि बढ्ने प्रतिवद्घता पनि व्यक्त गरेको बैंकले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप