शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आईजीपी टर्की जाँदा ‘कनिष्ठ’ एआईजीलाई कार्यवाहक जिम्मा दिने तयारी

बुधबार, ०१ मङ्सिर २०७८, २१ : ४६
बुधबार, ०१ मङ्सिर २०७८

प्रहरी महानिरीक्षक शैलेस थापा क्षेत्री अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को महासभामा भाग लिन टर्की जाँदै छन् । मङ्सिर ५ मा आईजीपी टर्की जाँदा कार्यवाहक प्रहरी महानिरीक्षकको जिम्मेवारी ‘कनिष्ठ’ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई दिने तयारी गरिएको छ । आईजीपी थापासँगै एआईजी प्रधुम्न कार्की पनि टर्कीको इस्तानवुलमा जाँदै छन् । हरिबहादुर पाल र नीरज शाही वरिष्ठ हुँदाहुँदै उनीहरूलाई बाइपास गरेर पोखरेललाई जिम्मेवारी दिन लागिएको हो । विश्वराजलाई कार्यवाहकको जिम्मेवारी बुझाएर जान गृहमन्त्री बालकृष्ण खाणले नै आईजीपी क्षेत्रीलाई दबाब दिएको स्रोतको दाबी छ । 

यसअघि कार्तिक २६ मा भारतको हैदारावादमा आयोजित इन्डियन पुलिस सर्भिस (आईपीएस)को दीक्षान्त समारोहमा जाँदा पनि आईजीपी क्षेत्रीले दुई जना वरिष्ठ एआईजी हुँदाहुँदै प्रधुम्न कार्कीलाई जिम्मेवारी दिएका थिए । चेन अफ कमाण्डलाई लत्त्याएर कार्कीलाई जिम्मेवारी दिएको भन्दै हरिबहादुर पाल र नीरज बहादुर शाही असन्तुष्टि जनाउँदै बिदामा बसेका थिए । भारत जाँदा पनि ‘सेकेन्ड इन कमाण्ड’मा रहेका हरिबहादुर पाललाई चार्ज नबुझाउन गृहमन्त्री खाँणले नै दबाब दिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । 

पोखरेललाई जिम्मेवारी दिन लागेपछि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी नीरजबहादुर शाही पूर्व क्षेत्रको भ्रमणमा जान लागेका छन् । तालिम अनुगमनका लागी शाही मङ्सिर ४ मा पूर्व जान लागेको प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एकजना अधिकृतले रातोपाटीलाई बताए । 

प्रशासनिक प्रक्रिया अनुसार दोस्रो वरीयताको एआईजीलाई निमित्तको जिम्मेवारी दिनुपर्ने बताउँछन् पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी । ‘प्रहरी नियमावली अनुसार आफूभन्दा तलको सेकेन्ड इन कमाण्डलाई निमित्त दिनुपर्छ’ पूर्व एआईजी भण्डारीले भने–‘फौजमा यो संवेदनशिल मुद्दा हो, यसमा फलानालाई दिनुस् भनेर भन्नु  र मान्नु गलत हो ।’ 

प्रहरी नियमावलीमा आफूभन्दा तलको ‘सेकेन्ड इन कमाण्ड’लाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने व्यवस्था छ । तर, यसपटक चेनअफ कमाण्ड तोडिएको छ । यसअघिका प्रहरी प्रमुखहरूले वरिष्ठ एआईजीलाई सो जिम्मेवारी दिँदै आएका थिए । सम्बन्धमा खटपट आउँदा पनि सर्वेन्द्र खनाल र उपेन्द्रकान्त अर्यालले सिनियरलाई जिम्मेवारी दिएका थिए । 

आफूभन्दा दोस्रो वरियतामा रहेका राजेन्द्र सिंह भण्डारीले राष्ट्रिय सुरक्षा परिषद्मा रहँदा आफू रक्षा मन्त्रालय मातहतमा कार्यरत भएको भन्दै सो जिम्मेवारी अस्वीकार गरेपछि पूर्व आईजीपी अर्यालले सुरेन्द्र बहादुर शाहलाई कार्यवाहक तोकेका थिए । 

प्रशासनिक प्रक्रिया अनुसार दोस्रो वरीयताको एआईजीलाई निमित्तको जिम्मेवारी दिनुपर्ने बताउँछन् पूर्व एआईजी राजेन्द्रसिंह भण्डारी । ‘प्रहरी नियमावली अनुसार आफूभन्दा तलको सेकेन्ड इन कमाण्डलाई निमित्त दिनुपर्छ’ पूर्व एआईजी भण्डारीले भने–‘फौजमा यो संवेदनशिल मुद्दा हो, यसमा फलानालाई दिनुस् भनेर भन्नु  र मान्नु गलत हो ।’ 

प्रचलित चेन अफ कमाण्डको मान्यता र कानुनी व्यवस्थाको उल्लंघन गरेर जिम्मेवारी दिन थालिएपछि वरिष्ठ प्रहरी अधिकृतहरू असन्तुष्ट भएका छन् । इन्टरपोलको ८९ औँ महासभा ७ देखी ९ मङ्सिरसम्म चल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप