लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य
बुधबार, ०१ मङ्सिर २०७८, २१ : २९

लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भएको छ । भदौ १ गतेबाट सुरु भएको प्रदेशसभाको नवौं अधिवेशन आज बुधवार राती १२ बजेबाट अन्त्य भएको हो । प्रदेश प्रमुखको कार्यालयले आज एक सूचना जारी गरी नवौँ अधिवेशन अन्त्य भएको जानकारी दिएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश सरकार मन्त्रिपरिषदको सिफारिसमा आज रातीदेखि अधिवेशन अन्त्य गर्नुभएको कार्यलयका प्रवक्ता चिरञ्जिवी पौडेलद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।