बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल मिडिया अवार्ड हुने

बुधबार, ०१ मङ्सिर २०७८, २१ : १६
बुधबार, ०१ मङ्सिर २०७८

नेपालमा पहिलोपटक ‘नेपाल मिडिया अवार्ड २०७८’ आयोजना हुने भएको छ । आयोजक ड्रिम हाई नेपालले बुधबार राजधानीमा एक कार्यक्रम गर्दै अवार्डको विभिन्न पक्षबारे जानकारी दिएको छ ।

आगामी पुस २३ गते अवार्ड आयोजना गर्न लागेको जानकारी  मिडिया क्षेत्रमा उत्कृष्ट काम गर्नेलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘मिडिया अवार्ड’ आयोजना गर्न लागेको ड्रिम हाईका कमल जिसीले बताए । रेडियो, टेलिभिजन, युट्युब, प्रिन्ट तथा अनलाइन मिडियाका विविध विधालाई समेटेर प्रदान गरिन लागेको हो ।

मनोनयनमा परेका कार्यक्रम, प्रस्तोता तथा समाचारलाई मिडिया क्षेत्रका विज्ञको निर्णायक टोलीले मूल्याङ्कन गरि विजेताको घोषणा गरिने आयोजक संस्थाले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप