आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

खसीलाई गर्भनिरोधक सुई !

बुधबार, ०१ मङ्सिर २०७८, २१ : ०९
बुधबार, ०१ मङ्सिर २०७८

घर पालुवा पशुलाई गर्भ निरोधक सुई दिइन्छ भन्दा सबैलाई अचम्म लाग्न सक्छ । काभ्रेका एक किसान भक्तपुरको कमल विनायकमा रहेको औषधी सञ्चालकसँग तीन महिने संगीनी सुई माग्दै थिए । उनले दुईवटा सुई ती औषधी पसलेसँग मागे । किसानले महिलाले लगाउने गर्भनिरोधक सुई किन मागे भन्दा सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । 

ती किसानको घरमा केही संख्यामा खसी पालिएको रहेछ । घरमा एकदिन आएका पशु स्वास्थ्य चिकित्सकसँग उनले खसी मोटाएन भनेर दुःखेसो गरेछन् । पशु चिकित्सकले उनलाई भनेछन् ‘मैले भन्न त मिल्दैन यसलाई संगीनी सुई लगाई दिनुहोस् । ’

सुई लगाएपछि खसी मोटाउने बोसो धेरै हुने हुँदा किसानलाई फाइदा हुन्छ भन्ने भ्रम रहेको औषधी व्यवसायी बताउँछन् ।  नेपालका शहरी र ग्रामिण भेगमा पालिने खसी, बोका, राँगामा समेत गर्भनिरोध सुई लगाउने गलत कार्य केही वर्षयता बढेको भक्तपुरका अर्का औषधी पसलेले रातोपाटीलाई बताए । 

जसको कारणले मासुजन्य रुपमा पालिने पशु मोटाउने, मासुमा बोसोको मात्रा बढ्ने, मासुमा पानीको मात्रा धेरै हुँदा प्रोटिनको मात्रा कम हुने भक्तपुर अस्पतालकी प्रमुख डा.सुमित्रा गौतमको जानकारी दिइन् ।  सिधै केही असर त नदेखिएला तर, अन्य कुरामा असर पर्ने उनको भनाई छ । ‘मासु खाने आम उपभोक्ताले मासुबाट पाउनुपर्ने पर्याप्त प्रोटिन नपाउने हुन्छ,’ डा.गौतमले भनिन् । 

तरकारीमा विषादी हाल्दा जनस्वास्थ्य प्रतिकुल असर पर्ने गरेको छ । यसरी कुखुरा, राँगा, खसी र बोकामा तीन महिने गर्भनिरोध सुई लगाएर बिक्री हुन थाल्ने हो भने आम सर्वसाधरणको स्वास्थ्यमा दीर्घकालिन रुपमा कस्तो असर पर्ला ? सम्बन्धित निकायले सोच्नु जरुरी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप