शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्जा सुरक्षण कोषको सीईओमा विष्णुबाबु मिश्रलाई नदोहोर्‍याउन कर्मचारीले अर्थमन्त्री गुहारे

‘मिश्रलाई खराब छन्, नियुक्त गरे सामूहिक राजीनामा’
बुधबार, ०१ मङ्सिर २०७८, २१ : ०३
बुधबार, ०१ मङ्सिर २०७८

निक्षेप तथा कर्जा सुरक्षण कोषका कर्मचारीहरूले यसअघिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विष्णुबाबु मिश्रलाई पुनः नियुक्त नगर्न अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ लाई आग्रह गरेका छन् । बहुमत कर्मचारीहरूले निवर्तमान सीईओ मिश्र नै पुनः सीईओमा दोहोरिए कोष नै धराशायी हुने भन्दै आज (बुधबार) अर्थमन्त्री शर्माको सचिवालयमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

कोषमा नयाँ सीईओ छनोट निम्ति अर्थ मन्त्रालयले कात्तिक ११ गते सार्वजनिक सूचना जारी गर्दै आवेदन मागेको थियो । मन्त्रालयले सूचनामा मौजुदा ऐन कानुनविपरीत आवेदकको मापदण्ड र योग्यता तोकेको समाचार रातोपाटीले प्रकाशन गरेको थियो । ​


सीईओ छनोट समितिले सूचना अवधि २१ दिन हुनुपर्नेमा १५ दिन राख्दै आवेदकको उमेर हद पनि ६५ वर्षको साटो ६० वर्ष तोकेको थियो । रातोपाटीमा समाचार प्रकाशन भएपनि अर्थले मापदण्ड सच्याएको थियो । निवर्तमान सीईओ मिश्रलाई पुनः नियुक्ति गर्ने गरी अर्थले सूचना प्रकाशन गरेको स्रोतको दाबी छ ।

कोष सीईओमा मिश्रलाई दोहोर्‍याउन खोजेपछि त्यहाँका कर्मचारीहरूले अर्थमन्त्रीलाई उनको यस अघिको विवादित कार्यसम्पादनबारे १४ बुँदामा जानकारी गराएका हुन् । मिश्रले कोषको सीईओ छँदा स्वेच्छाचारी प्रवृत्ति देखाएको र विरोध गर्ने कर्मचारीलाई कर्मचारी सेवा विनियमावली विपरीत हुनेगरी सरुवा गरेको, संस्थागत सुशासन कायम नगराएको र राजनीतिक पहुँच रहेको भनी धम्की दिने गरेको लगायत बूँदा कर्मचारीहरूले सो पत्रमा लेखेका छन् । 

कोषका कर्मचारीहरूले अर्थमन्त्रीलाई बुझाएको पत्र : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप