शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नर्भिक अस्पतालमा शनिबार निःशुल्क ओपिडी सेवा सञ्चालन हुने

बुधबार, ०१ मङ्सिर २०७८, २० : २८
बुधबार, ०१ मङ्सिर २०७८

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा आगामी शनिबार (मंसिर ४ गते) दुई विशेषज्ञ चिकित्सकहरूले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएका छन् । अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डा. विनिता जोशी र हाडजोर्नी रोग विशेषज्ञ डा.सगुन जोशीले निःशुल्क ओपिडी सेवा दिने भएका हुन् । 

विभिन्न स्वास्थ्य समस्याबाट पीडित बालबालिकाले डा.विनिता र हाड जोर्नीसँग सम्बन्धित स्वास्थ्य समस्या भोगिरहेकाहरूले डा.सगुनको निःशुल्क ओपिडीबाट लाभ लिन सक्ने अस्पतालले जानकारी दिएको छ । 
बालरोग विशेषज्ञ डा.जोशीले बिहान १० बजेदेखि १२ बजेसम्म र हाडजोर्नी रोग विशेषज्ञ डा.जोशीले बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म निःशुल्क ओपिडी सेवा दिनेछन् । 

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पताल कल सेन्टरको नम्बर ५९७००३२ मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्नेछन् । नर्भिक अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत केही महिनायता प्रत्येक शनिबार निःशुल्क ओपिडी सेवालाई सञ्चालन गर्दै आएको छ ।  निःशुल्क ओपिडी सेवामा सर्वसाधारणको आकर्षण रहेको अस्पतालले जानकारी दिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप